पूर्वाधार निर्माणको सपना साकार पाछौंः नगरप्रमुख पौडेल

बागलुङ, जेठ ३० । बागलुङ नगरपालकाका नगरप्रमुख जनकराज पौडेलले पूर्वाधार निर्माणमा जनताको चासो र सहभागीतालाई साकार पार्न नगरपालिका लागि परेको बताउनुभएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङको वडा कार्यालय भवनको सिलन्यास गर्दै नगरप्रमुख पौडेलले विकास निर्माणमा जनताको चासो र सहभागीता बढ्दै गएकाले त्यसलाई साकार पार्न नगरपालिका लागिपरेको बताउनुभएको हो ।
वडा कार्यालयको भवन बनाउँनका लागि स्थानीय टिकाकुमारी खत्री, धनबहादुर शाही, भद्रकली खत्री र कोपिला सार्कीले निःशुल्क जग्गा उपलब्ध गराएर विकास निर्माणमा जनताको चासो र सहभागिता रहेको पुष्टी गरेका भन्दै नगरप्रमुख पौडेलले गाउँको विकासका लागि चिन्तन गर्ने व्यक्तिहरुलाई समाजले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नगरभित्रका पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको भन्दै नगरप्रमुख पौडेलले जनताको मागका आधारमा योजना बनाएर अगाडि बढीरहेको बताउनुभयो । ठूला योजनाका लागि संघीय सरकार, मझौला योजनाका लागि प्रदेश सरकार र साना योजनाहरुका लागि बागलुङ नगरपालिकाले लगानी गरिरहेको पौडेलले बताउनुभयो ।
आठ कोठे उक्त भवन निर्माणका लागि बागलुङ नगरपालिकाबाट १९ लाख रुपियाँ विनियोजन भएको र यसलाई सम्पन्न गर्न आवश्यक रकम उपलब्ध गराउँने नगरप्रमुख पौडेलले प्रतिबद्धता जनाउनुभएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस