‘सत्कर्म’ रिलिज

पोखरा, ३० जेठ । नेत्र इन्टरटेनमेन्टको पछिल्लो छोटो फिल्म ‘सत्कर्म’ रिलिज भएको छ । कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत फिल्म रिलिज भएको हो । फिल्म निर्माणमा जक्शन डटकमले पनि सहकार्य गरेको छ ।
समाजमा अझै पनि केही राम्रा सोँच र व्यवहार भएका मानिसहरु छन् भन्ने सन्देश फिल्ममार्फत दिन खोजिएको छ । ‘लकडाउनको बेलामा समस्यामा परेका समूहलाई आफ्नै बलबुताले सहयोग गर्ने सहयोगी मनको कथा हो यो ।’ फिल्मका निर्देशक नेत्र गुरुङले भने–‘धेरै मानिसहरुका लागि उदाहरण बनोस् भन्ने हेतुले हामीले यो फिल्म बनाएका हौँ ।’
लकडाउनपछि निरन्तर छोटो फिल्महरुमार्फत समाजका विभिन्न पाटाहरु देखाउँदै आएको नेत्र इन्टरटेनमेन्टको यो छैठौँ फिल्म हो । ‘यसभन्दा अगाडि हामीले समाजमा पीडमा रहेका मानिसहरुको कथालाई पस्केका थियौँ ।’ निर्देशक गुरुङले भने–‘तर समाजमा पीडामा मल्हम लगाउने मानिसहरु पनि छन् भन्नका लागि यो फिल्म निर्माण गरेका हौँ ।’
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस