इनरुवाको भीषण आगलागी नियन्त्रण बाहिर, ७ करोड बढीको क्षति

३२ जेष्ठ २०७७, आईतवार ०१:२४

काठमाडौं । भिषण आगलागीपछि नसोचेको ठुलो क्षति भएको छ ।

सुनसरीको इनरुवामा भीषण आगलागी भएर ठुलो क्षति भएको बताइएको छ । इनरूवाको मुख्य बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा आगलागी भएको हो ।

उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको जानकारी दिइएको छ ।

आगो निभाउनका लगि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् ।

५ वटा दमकल प्रयोग गरिएको छ । हालसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुलेको छैन् ।

आगलागीमा ७ करोडको क्षति भएको आशंका गरिएको छ ।


साभार: जनबोली

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.