एमसीसीको टुंगो लगाउने नेकपा सचिवालयको बैठक बस्दै आज


काठमाडौं- निकै विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेकपाले आज टुंगो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजेपछि बस्ने सचिवालय बैठकमार्फत नेकपाले एमसीसीको टुंगो लगाउने भएको हो ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।

यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।

बजेटमा समेत एमसीसीबाट प्राप्त रकम उपयोग गर्ने गरि उल्लेख गरिएपछि यो विषय निकै पेचिलो बनेको छ । बजेटमै एमसीसी घुसाएपछि यो विषय किनारा लगाउन नेकपामा दबाब बढेको छ ।

यसका विषयमा अध्यन गर्न नेकपाले झलनाथ खनालको संयोजकत्वमा एउटा कमिटि नै गठन गरेको थियो । उक्त कमिटिले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

नेकपा कयौं सदस्यहरुले एमसीसी राष्ट्रघाती भएको दाबी गर्दै आएका छन् भने प्रधानमन्त्री ओली सुरुका दिनमा एमसीसी पारि गर्नै पर्ने पक्षमा थिए भने पछिल्ला दिनमा यसलाई पारित गर्न जोडबल नगर्ने मुडमा पुगेका छन् ।

एमसीसीमा हस्ताक्षर गरेको नेपाली कांग्रेस जुनसुकै हालतमा यसलाई संसद्बाट अनुमोदन गर्नु पर्ने बताउँदै आएको छ ।


साभार: नेपाल समय


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope