आमाको मन

१ असार २०७७, सोमबार ०४:००

तिमी एयरपोर्ट छिर्ने बेला
तिमिले सिनामङल तिर फालेको तिम्रो नागरिकताको
प्रमाण पत्र
मैले जोगाएर राखी दिएकी छु
भोलि के पर्छ के पर्दैन के ठेकान?
तिमी आत्मरतिको नशामा रमाएको बेला
मेरा कुरा अपाच्य लाग्न सक्लान
अप्रिय लाग्न सक्छन
आखिर म तिम्री आमा हुं
तिमिलाइ कुनै दिन सपनामा ऐठन भएछ भने
बिपनामा जिन्दगी दुखेछ भने
सरम नमानी घर फर्किनु
भन्छन
पारपाचुके गर्नेहरुलाइ
सबैभन्दा बढी माया उनिहरुकै लाग्छ रे
म त झन तिम्री आमा
आमा सङ पारपाचुके हुंदैन
आमा सङ जन्मजात रिसइवि हुंदैन
हुंदैन आमा सङ प्रतिसोधात्मक मन हुंदैन
तिमी फर्केर आयौ भने
म सङ नबोले पनि/ म सङ नसोधे पनि/मलाइ नहेरे पनि
सुटुक्क जानू र लुसुक्क झिक्नु
मैले तिम्रो नागरिकताको प्रमाण पत्र
तिम्रै दिवङत बाबाको फोटोको फ्रेम पछाडी
लुकाएर राखिदिएकी छु।

गजलकार:प्रकट पंगेनी शिव

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.