पोखरा, १ असार ।कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परिरहेको बेला नेपाल तामाङ घेदुङ पोखरा महानगरपालिका समितिले ३ सय परिवारलाई राहत वितरण गरेको छ।कोरोनाको कहरसँगै लामो लकडाउनले चुल्हो निभ्ने अवस्थामा पुगेका दैनिकी ज्याला मजदुरी गर्ने अत्यन्त विपन्न वर्ग, अपा∙ र एकल महिला लगायतलाई राहत चामल वितरण गरेको हो।
तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष टेक बहादुर तामाङको संयोजकत्वमा स्वदेश तथा विदेशमा रहेका तामाङहरुबाट राहत सहयोग संकलन गरी पोखरा महानगरका अर्मला जयमुरे, ठाँटी, लामाचौर, बाटुलेचौर, सिम्पानी, लामागाउँ, बाग्लुङ बसपार्क, नालामुख, ढुंगेसाँघु, भेडिफारम, रिठ्ठेपानी, डाँडाको नाक, भण्डारढिक, एकान्तकुना, खुदीखोला, लामेआहाल, मजुवा, पट्नेरी र संगमटोलमा राहत वितरण गरिएको हो।

अत्यन्तै समस्यामा रहेकाहरुको पहिचान गरी तामाङ घेदुङ ईकाई अध्यक्षहरुको परामर्श र पोखरा महानगरपालिकाबाट स्विकृतिमा लिई घेदुङका ईकाईहरु रहेका क्षेत्रमा राहत वितरण गरिएको महानगर समिति अध्यक्ष टेकबहादुर तामाङले जानकारी दिनुभयो।
उक्त राहत वितरण कार्यक्रमहरुमा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष दिपक वाईबा, सचिव सुन्दर थोकर, प्रदेश सदस्य कमला कास्की जिल्ला अध्यक्ष मान बहादुर तामाङ, आदिवासी जनजाति राष्ट्रिय महिला महासंघ कास्कीका सचिव मिनमाया डुम्जन, तामाङ घेदुङ पोखरा महनगर समितिका उपाध्यक्ष शिवु ब्लोन, सचिव कुमार थिङ, कोषाध्यक्ष अन्जना तामाङ, तामाङ महिला घेदुङ पोखरा महनगर अध्यक्ष पवित्र थोकर, सिम्पानी इकाई अध्यक्ष बीरबहादुर थोकरको सक्रिय सहभागिता रहेको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com