नेपालसँगको ‘रोटी-बेटी’ को सम्बन्धलाई कुनै शक्तिले तोड्न नसक्ने: भारतीय रक्षामन्त्री

१ असार २०७७, सोमबार ०६:३६

असार १, २०७७ काठमाडौं : भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग रहेको ‘रोटी-बेटी’ को सम्बन्धलाई विश्‍वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन्।

सुदूरपश्‍चिम प्रदेशसँगै जोडिएको उत्तराखण्डबासीलाई सम्बोधन गर्दै सिंहले सोमबार यस्तो भनेका हुन्। उत्तराखण्डको पिथौरागढ हुँदै नेपालस्थित दार्चुलाको करिब ३० किलोमिटर भूमि हुँदै खनिएको सडक गत मे महिनामा उनैले उद्घाटन गरेपछि बढेको विवादका सन्दर्भमा सिंहको पछिल्लो भनाइ आएको हो । सिंहले उत्तराखण्ड जन संवादमा जनतालाई सम्बोधन गर्दै नेपालसँग अहिले देखिएको विवादलाई वार्ताबाटै टुंगोमा पुर्‍याउने पनि जानकारी दिएका छन्।  ‘पहिले श्रद्धालुलाई मानसरोवर जान नाथुल पास मार्ग छिचोल्नुपर्थ्यो। यो एकदमै लामो बाटो थियो तर अब सीमा सडक संगठनले लिपुलेकसम्म एक लिङ्क मार्ग बनाएको छ’, उनले भने, ‘जसले मानसरोवर यात्राका लागि नयाँ मार्ग खुलेको छ। यो ८० किलोमिटर लामो सडक भारतीय क्षेत्रमै बनेको छ। यस मार्गलाई लिएर नेपाललाई यदि केही शंका र समस्या भएको हो भने वार्ताबाटै सुल्झाउन हामी तयार छौं।’   भारत र नेपालबीच असाधारण सम्बन्ध रहेको उनले बताए। ‘हामीबीच रोटी बेटीको सम्बन्ध छ। र, विश्‍वको कुनै पनि शक्तिले यसलाई तोड्न सक्दैन’, उनले भने, ‘सीमामा कसैले काँडेतार लगाए पनि हाम्रो सम्बन्ध अटुट रहनेछ।’ उनले सम्बोधनका क्रममा भारत रक्षासम्बन्धी मामिलामा आत्मनिर्भर हुँदै जाने पनि बताए। ‘भारतले अब रक्षा उपकरण बनाउँदैन मात्रै, निर्यात पनि गर्छ।

सन् २००४ सम्ममा रक्षा क्षेत्रमा निर्यात पाँच मिलियन डलर गर्ने लक्ष्य छ।’ केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहको भर्चुअल र्‍यालीमा मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत, प्रदेश अध्यक्ष बंशीधर भगत र वरिष्ठ पदाधिकारी उपस्थित थिए। यह र्‍याली देहरादून केन्द्रित छ। र, गढवाल क्षेत्रका लागि तय गरिएको छ। तर यसलाई पूरै उत्तराखण्ड तथा देश विदेशबाट पनि हेरिएको थियो। 
copy from thahakhabar.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.