बा ‘का धर्साहरु

१ असार २०७७, सोमबार २३:४१

त्यो फाटेको टोपी
झुत्रे लुगामा
भक्कु चप्पल पडकाउदै
मेरो बा निधारबाट
खलखली पसिना बगाउदै
घाँसको भारी बोक्दै
घर आइपुग्थे ।

घर आए पछि मलाई सोध्थे बाले
केहि खाईस त
कि भोकै छस
मत टन्न खाएर
धरकै आगानमा
बुर्कुसी मारिरहेको हुन्थे

तर पसिनाले निथ्रुक भिजेर
थकित भएका बालाई
मैले अहं सोधथिईन
बा पानी पिउने कि भनेर
भोक लाग्यो कि भनेर

आफु फाटेको झुत्रे झाम्रे
लुगा लगाएर
बा मलाई नया लुगा किन्न
मलाई डोराएर हात समाउदै
पारीको हाटबजार लिएर जान्थे

बाले किनिदिएको लुगा लिएर
म उफ्री उफ्री घर आइपुग्थे ।
तर बा भने आफुलाई
नया लुगा नलिईकन आउथे संधै ।

बाको दिनचार्य गाउँकै
उकाली ओराली गर्दे
दुखकै भारी बोकेर बित्यो
नया लुगामा रमाउने
जिन्दगी बाको आउदै आएन ।

छोराछोरीकै लागी हाड़छाला
घोट्दा घोट्दै
बाले आफना रहर र खुशीहरु
तिलान्जली दिए।

हाम्रै लागी भनेर बा
कहिले भोकै हिडे
कहिले आँसु लुकाएर हिडे
हाम्रो दुख्ख पनि आफै बोकेर हिडे
बाले सायद सुख भन्ने कुरा
अनुभव नै गर्न पाएनन ।

मलाई आज सोध्न मन थियो
बा कस्तो लुगा ल्याईदिउ
बा तिमी थाक्यौ कि
भोक लाग्यो कि
के खानेकुरा ल्याइदिउ बा १

बालाई आज भन्नुपर्ने
धेरै कुरा थियो
तर के गर्नु खै
बा नै आज यो संसारमा नभएपछि
हामीबाट कतै टाढा भएपछि
संधैका लागी टाढा भएपछि ।।

-शिव शर्मा चन्चल

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.