विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख कट्यो

१ असार २०७७, सोमबार ०६:२२

कृपा भण्डारी
काठमाण्डौ, १ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । संक्रमित संगै निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । हालसम्म विश्वभर संक्रमितको संख्या ८० लाख भन्दा माथि गएको छ ।


विश्वभर हालसम्म ८० लाख १३ हजार ९ सय ६३ रहेको छ भने निको भएर घर फर्किनेको संख्या ४१ लाख ३७ हजार ६ सय १४ रहेको छ । नेपालको हकमा भन्नुपर्दा हालसम्म नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० रहेको छ जसमध्य ९ सय ७५ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म १ लाख ३३ हजार ३ सय ७७को परिक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.