काठमाडौं – नेपाल एयरलाइन्सले अस्ट्रेलियाका दुई शहर सिड्नी र मेलबर्नबाट नेपालका लागि उडान भर्ने भएको छ।

अस्ट्रेलियास्थित नेपाली दुतावासका अनुसार सिड्नीबाट जुन २३ तारिख र मेलबर्नबाट जुन २७ तारिखमा नेपाल एयरलाइन्स क्वालालाम्पुर हुँदै नेपाल आउने छ।

दुतावासले पहिलो उडानका लागि प्राथमिकतामा परेका यात्रुलाई जुन १८ तारिखसम्म टिकट खरिद गरिसक्न सुचना जारी गरेको छ।

पहिलो उडानका लागि हवाई टिकर १६ सय १५ अमेरिकी डलर तोकिएको छ।

साभार: देश सञ्चार

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.