कांग्रेस असहमत भएपछि अंगीकृत नागरिकताबारे सहमति जुटाउन सरकारले माग्यो समय


काठमाडौँ– वैवाहिक अंगीकृत नागरिकताबारे नेपाली कांग्रेसले पुरानै अडान लिएपछि सरकारले नागरिकता सम्बन्धी विधेयकमा सहमति जुटाउनका लागि समय मागेको छ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय मागेका हुन्।

सरकारले समय मागेपछि समितिले सहमतिका लागि पाँच दिन समय दिएको छ। आउने आइतबारसम्ममा यसबारे सहमति जुटाउन समितिले सरकारलाई समय दिएको हो।

मंगलबारको बैठकमा नेपाली पुरुससँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह भएको सात वर्षपछि नागरिकता दिने प्रस्ताव पेश भएको थियो।

त्यसमा सत्तापक्षका समिति सदस्यहरु सहमत भए पनि कांग्रेसले पार्टीमा छलफलका लागि समय मागेको थियो।

तर बुधबार बिहान कांग्रेस शीर्ष नेताहरुले पुरानै व्यवस्थामा अडान लिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको थिए।

कांग्रेसले पुरानै व्यवस्थामा अडान लिएपछि गृहमन्त्री थापाले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने धारणा राख्दै समय मागेका हुन्।

‘यो गम्भीर विषय हो, सबै दलहरु एक ठाउँमा भएर जानुपर्ने विषय छ, प्रमुख विपक्षीको असहमतिका बाबजुद अघि बढ्न सकिन्न । थप छलफल गरेरै अघि बढौँ’, बैठकमा गृहमन्त्रीले भने।

सरकारले समय माग गरेपछि आजको बैठकमा विधेयक अघि बढ्न सकेन। समिति सभापति शशी श्रेष्ठले दुई वर्षदेखि समितिमा रोकिएको विधेयक अघि बढाउन अब ढिलो गर्न नहुने बताउँदै आइतबारसम्म सहमति जुटाएर आउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताइन्।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope