कालापानी निरीक्षणमा गएका प्रधानसेनापति थापा र सशस्त्र आईजीपी दार्चुला पुगे 

३ असार २०७७, बुधबार ००:५२

नेपाल-भारतको सीमा क्षेत्र दार्चुलाको कालापानी निरीक्षण भ्रमणमा गएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल दार्चुला पुगेका छन् ।

उनीसँगै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुगेका छन् । आज बिहान साढे ७ बजे सेनाको स्काई ट्रकमार्फत् प्रधानसेनापति थापा र आइजीपी खनाल धनगढी पुगेको र त्यहाँबाट हेलिकोप्टरमार्फत् दार्चुला पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

उनका अनुसार केही दिन अघि सशस्त्र प्रहरीले स्थापनाको गरेको कालापानीको छाङ्गुर आउट बोर्डर पोस्ट (बीओपी) को निरीक्षण र दार्चुला तिङ्कर सडक खण्डको अनुगमन गरेर आज साझ धनगढी फर्किने कार्यतालिका रहेको छ ।

भ्रमणपछि सुदूरपश्चिम प्रमुखसँग छलफल गर्ने र आज धनगढीमै बस्ने र भोलि मात्रै काठमाडौं फर्किने जनाइएको छ ।

साभार: शिलापत्र

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.