ब्राजिलमा एकैदिन भेटिए ३७ हजार बढी कोरोना संक्रमित, भारतमा ११ हजार बढी थपिए

३ असार २०७७, बुधबार ००:४७

ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्।

वर्ल्डमिटरका अनुसार त्यहाँ एकैदिन ३७ हजार २ सय ७८ बढी संक्रमित फेला परेका हुन्।

ब्राजिल सर्वाधिक कोरोना संक्रमित भएको विश्वको दोश्रो देश हो।

पहिलो नम्बरमा अमेरिका रहेको छ।

योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ९ लाख २८ हजार ८ सय २४ पुगेको छ।

कोरोनाबाट ब्राजिलमा हालसम्म ४५ हजार ४ सय ५६ जनाको ज्यान गएको छ।

यसैगरी छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा ११ हजार १ सय ३५ नयाँ संक्रमित फेला परेका छन्।

भारतमा हालसम्म ११ हजार ९ सय २१ जनाको कोरोनाबाट मृत्यु भइसकेको वर्ल्डमिटरले जनाएको छ।

संक्रमित संख्याको आधारमा भारत चौथो नम्बरमा रहेको छ।


साभार: सेतो पाटी

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.