राष्ट्रिय सभा बैठकबाट आज संविधान संशोधन पारित हुने भएको छ।
नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतीले पारित भैसकेको छ।
प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रसभामा टेबल भएको थियो। विधेयकमाथि राष्ट्रिय सभामा कुनै संशोधन परेको छैन।
आजको बैठकमा विधेयक माथि छलफलपछि कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन्।
प्रतिनिधि सभामा जस्तै राष्ट्रिय सभामा पनि निर्णयार्थ पेश गर्दा मत विभाजन हुनेछ। राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन्।
पारित हुन दुई तिहाई मत आवश्यक हुन्छ।
राष्ट्रिय सभाले विधेयक पारित भएपछि त्यसको सुचना प्रतिनिधिसभालाई दिनेछ।
प्रतिनिधि सभाले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत गर्नेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नेपालको संविधानमा नयाँ निशान छाप समेटिनेछ।
सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।
साभार: सेतो पाटी
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com