कस्तोलाई लाग्दैन कोरोना


काठमाडौं । चीनको राजधानी सहर वेइजिङका कोरोना संक्रमितमा कोरोनाको फरक लक्षण देखिएको विशेषज्ञहरुले बताएका छन् । वेइजिङमा गरिएको कोरोना परीक्षणमा यसअघि देखिँदै आएका संक्रमितमा भन्दा पूरै फरक लक्षण देखिरहेको छ ।

डाक्टरहरुका अुनसार पेट र हड्डीमा दुख्ने लक्षण देखिएको बीबीसीले जनाएको छ । अलग अलग क्षेत्रमा रहेका संक्रमितमा उनीहरुको रहनसहन, खानपान र शरीरको बनावट अनुसार कोरोनाको लक्षण पनि भिन्नभिन्न देखिएको विज्ञहरुले बताएका छन् । मे महिनाबाट डाक्टरहरुले गरेको परीक्षणमा कोरोनाको फरक लक्षण देखिएको हो ।

वेइजिङमा कोरोनाका नयाँ संक्रमित भेटिए पछि दोस्रोपटक कोरोनाको महामारी फैलिने आशंका गरिएको समाचारमा उल्लेख छ । जुन ११ मा वेइजिङमा कोरोनाका १३७ नयाँ संक्रमित फेला परेका थिए । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार कोरोना संक्रमण ३० देखि ३९ वर्ष समूहमा धेरै देखिएको छ ।

वेइजिङमा कोरोना संक्रमण देखिए पछि कडा कदम उठाएइको छ । केही जिल्लामा विद्यालय बन्द गरिएको र थुप्रै ठाउँमा सुरक्षा चेक पोस्टहरु स्थापना गरिएको छ ।

यसलाई चीनमा कोरोना संक्रमणको दोस्रो लहरका रुपमा आशंका गर्दै परीक्षणको दायरा बढाइएको छ ।

कोरोना संक्रममण देखिए पछि खेल तथा मनोरञ्जन क्षेत्र बन्द गरिएको छ । सुपर मार्केट र कार्यालयहरुमा तापक्रम जाँच गरेर मात्रै प्रवेश दिन सुरु गरिएको छ ।

बेइजिङको होलसेल मार्केटमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएपनि उक्त बजारको महाप्रवन्धक र स्थानीय अधिकारीहरुलाई वर्खास्त गरिएको छ ।

चीनको वुहानबाट गत वर्षको अन्तिममा सुरु भएको कोरोना चीनमा भने नियन्त्रणमा आइसकेको भन्दै लकडाउन अन्त्य गर्दै जनजीवन सामान्य रुपमा चल्न थालेपछि पुनः कोरोना संक्रमण देखिन थालेको हो ।

चीनमा पछिल्लो समय विना लक्षण र नयाँ लक्षणका कोरोना संक्रमित उच्च संख्यामा देखिन थालेका छन् ।

साभार: १२खरि


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope