बुटवल । रुपन्देहीमा शुक्रबार आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर माटोमा गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका छन् । स्थानीयले खबर गरेलगत्तै गाडेको बालकलाई प्रहरीले झिकेको छ । प्रहरीले गाडेको बालकलाई झिके पनि उनको मृत्यु भइसकेको थियो ।
जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नो ८ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको भन्दै स्थानीयले खबर गरेपछि आफुहरु त्यहाँ पुगेर गाडेको बालकलाई झिकेर अस्पतालमा लगेर चेक गराएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

‘गाउँलेहरुले बिरामी छोरालाई ज्युँदै गाड्यो भन्ने खबर गरेपछि गइयो, गाडेको बालकलाई ल्याएर अस्पतालमा चेक गराउँदा मृत्यु भएको जानकारी दिइयो, आरोपित बाबुलाई नियन्त्रणमा ल्याएर सोधु गरिँदैछ’ डिएसपी राठौरले भने । आरोपित राजुले भने छोराको मृत्यु भएर नै आफुले गाडेको बयान दिएको बताइएको छ ।
साभार: रातो पाटी
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com