Advertisements
तुलसी आचार्य

सुनको रंग जस्तो,
बिहान वा साँझ क्षितिजमा देखिने पहेंलो घाम जस्तो
कहिले सब्जिमा मिसिनुछ
कहिले पानीमा घोलिनु छ
“आमा रुघा लाग्यो?” भन्दा
बेसारले सिगानसंग पनि उठ बस गर्नु छ
खोकीसंग पनि जुध्नु छ।

कोरोना पछि त संक्रमितसंग पनि बस्नु छ
प्रधानमन्त्रीको मुखारबिन्दुमा पनि नाच्नु छ
संसदनै बेसारमय हुँदा पनि सहेरै बस्नु छ

बिचरा बेसार स्वयंलाई लाज लाग्दो हो
र मनमनै भन्दो हो “यो चर्चा पाउने
मैले होईन एम सी सीले हो,
मैले होईन, ओम्निले हो
मैले होईन, लिपुलेख–कालापानीले हो !
मलाई किन यिनीहरु संगसंगै मुसियो
मलाई मेरै अर्गानिक लाईफमा फ़र्काईदेउ”


बिचरा, बेसारलाई के थाहा यति ठुलो यात्रा गर्छु भनेर
प्रधानमन्त्रीको महाबाणिनै भएर बस्छु भनेर !

न बेसार स्वयं बोल्यो
खासमा उ के हो ?
बेसारलाईनै ‘तिमी को हौ?”
भनेर सोधे के भन्थ्यो कुन्नि !

कबि परिचय: तुलसी आचार्य फुर्सदमा कबिता लेख्न मन पराउँछन्।

Advertisements

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.