काँग्रेसभित्र यस्तो छ चलखेल


काेराेनाले भर्खर स्वरूप लिँदै छ नेपालमा । तर नेपालीले करिब ३ महिने कठिन लकडाउन भाेगिसकेका छन् । कठिन लकडाउनपछि काेराेनामा भने झन् सल्बलाएकाे छ । त्यसैले नेपालमा काेराेनाकाे उच्चस्तर देख्न भाेग्न अझै बाँकी छ । यही काेराेनामा महामारीबीच राजनीतिका तरङ्गहरू भने महामारीभन्दा पनि हिट भैरहेका छन् नेपालमा । विशेषगरी प्रधानमन्त्री केपि ओलीकाे अन्टसन्ट बाेली तथा एमसिसिकाे चर्चाले काेराेनालाइ पछारिरहेकाे छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केही थान नेताकाे भरमा बाँचिरहेकाे देखिन्छ । १४ औँ महाधिवेशनकाे पूर्वसन्ध्यमा रहेकाे नेपाली काँग्रेस संसदीय राजनीतिक इतिहासकै सबैभन्दा कमजाेर घडीमा छ । याे कमजाेर घडीमा पार्टी सभापति शेरबहादुर देउवाकाे अर्कर्मण्यताले पार्टी नै सकिने पाे हाे कि वा अर्काे चुनाव आइपुग्दा दाेस्राेबाट तेस्राे पार्टीमा पुग्ने हाे कि भन्ने डरसमेत नेकाका कतिपय नेतालाइ पलाएकाे छ । तथापि सभापति देउवामा अझै पार्टी सभापति खाने तथा प्रधानमन्त्री हुने लालसा गम्भीररूपमा देखिने गरेकाे छ । के आसन्न १४ औँ महाधिवेशनले देउवामुक्त नेपाली काँग्रेस बनाउला ? वा अरूभन्दा देउवा नै ठीक भन्ने परिणाम घाेषित गर्ला ?

१४ औँ महाधिवेशनकाे भित्री रिहर्सल भने नेकाभित्र भैरहेकाे छ । काठमाडाैँ क्षेत्र नं ४ मा पनि आउँदाे महाधिवेशनका लागि भनेर केहि चर्चा तथा केही भित्री चलखेल सुरू भएकाे छ । केही नेताहरू अहिलेदेखि नै मिडियाबाजीमा लागेकाे देखिएकाे छ भने केही भित्रीरूपमा नेता कार्यकर्तासँगकाे भेटमा सक्रिय छन् । नेका नेता गगन थापाकाे चुनावी क्षेत्र भएका कारण याे क्षेत्र चासाे मात्र नभै सदैव चर्चाकाे परिधिमा रहन्छ । गत १३ औँ महाधिवेशनमा थापाका उम्मेदवारले क्षेत्रीय सभापति हारेका कारण पनि याे अधिवेशनलाइ धेरैले अझ महत्व दिएका छन् ।

राष्ट्रिय राजनीतिमा अब गगन थापा एक अपरिहार्य अंग भैसके । थापाबिनाकाे राष्ट्रिय राजनीति अब कल्पनाहीन भैसकेकाे छ । थापालाइ भविष्यकाे पार्टी सभापतिदेखि प्रधानमन्त्रीसम्म भनिने गरिन्छ । माथिल्लाे स्तरका नेताकाे चुनावी क्षेत्रमा पार्टीकाे संगठन कस्ताे हुने भन्ने कुरा सदैव अर्थपूर्ण रहन्छ । थापालाइ पपुलर नेता भए पनि संगठन गर्न कमजाेर भनेर आराेप लाग्ने गरेकाे छ । गत महाधिवेशनदेखि अहिलेसम्मकाे अबस्था हेर्दा थापाकाे चुनावी क्षेत्र काठमाडाैँ क्षेत्र नं ४ संगठनले आन्तरिक द्वन्द्वमा बितायाे । एकले अर्काकाे हैसियत नमान्ने खालकाे राजनीतिमा रमाएकाे काठमाडाैँ क्षेत्र नं ४ लाइ गगन थापाले मिलाएर र देशकै उत्कृष्ट संगठन भएकाे क्षेत्र बनाउने एक अर्काे माैकाकाे रूपमा आउँदाे महाधिवेशनलाइ लिन सकिन्छ । यसपाला थापाले क्षेत्रकाे राजनीतिमा कस्ताे भूमिका खेल्छन् ठूलाे चासाेकाे विषय बनेकाे छ ।

पार्टीकाे तेर्ह्राै महाधिवेशनबाट क्षेत्रीय सभापति बनेकाे राजु श्रेष्ठले गगन थापासँग अनबनका बीच पार्टी संगठनलाइ युवाहरूमा पुर्याउने र नेतृत्व हस्तान्तरण गर्ने काम गरेका थिए । उनकाे याे कामले खास मूर्तता वा पूर्णता भने पाउन सकेन । क्षेत्रदेखि इकाइ र टाेलटाेलसम्म दुइ गुटकाे बनेकाले संगठन चुस्तभन्दा भुत्ते बन्याे । सबै गुटलाइ मिलाएर लैजाने प्रयासलाइ सभापति श्रेष्ठले ध्यान नदिएकाे आराेप लाग्ने गरेकाे छ । काठमाडाैँ काँग्रेसभित्र शक्तिशाली युवा नेता भनेर चिनिने सभापति राजु श्रेष्ठ संगठन बनाउन मेहनत गर्ने नेताकारूपमा पनि चिनिन्छन् । श्रेष्ठसँग धेरैले १४ औँ महाधिवेशनमा आफूलाइ झनै फराकिलाे बनाएर उभ्याउने आशा गरेकाे देखिन्छ । विशेष गरी १४ औँ महाधिवेशनमा क्षेत्रीय सभापति र नगर सभापति बनाउने सबालमा श्रेष्ठले खेल्ने भूमिका महत्वपूर्ण हुनेछ ।

यत्तिकुरा स्पष्ट छ, गगन थापा तथा राजु श्रेष्ठले रागद्वेष बिनाकाे राजनीति गरे भने काठमाडाै क्षेत्र नं ४ काे राजनीतिमा काँग्रेस सदैव बलियाे हुनेछ ।

कसलाइ बनाउने क्षेत्रीय सभापति ?

काठमाडाैँ क्षेत्र नं ४ मा संभवतः हालका सभापति राजु श्रेष्ठले १४ औँ महाधिवेशनमा क्षेत्रीय सभापतिकाे दावी गर्ने छैनन् । उनले १३ औँ महाधिवेशनमै अर्काेपल्ट सभापति उठ्दिन पनि भनेका थिए । श्रेष्ठ नीजि जीवन विस्तारै धार्मिक एवम् आध्यात्मिक साथै सामाजिक हुँदै गएकाे देखिन्छ । उनकाे जीवनशैलीले उनलाइ राजनीतिमा बाँध्दैन कि भनेर पनि केही नजिककाले व्याख्या गर्ने गरेकाे देखिन्छ । राजु श्रेष्ठ अब जिल्ला सभापित वा केन्द्रिय सदस्य हुनुपर्छ भन्ने उनका हितैषीहरु पनि देखिएकाे अबस्थामा उनले के गर्लान् हेर्न बाँकी रहेकाे बेला १४ औँ महाधिवेशनमा क्षेत्र नं ४ मा काे सभापति हाेला त ?

एकदमै थाेरै नामहरू क्षेत्रीय सभापति बन्नका लागि तम्तयार देखिन्छन् । तीमध्ये पूर्व क्षेत्रीय सभापति तथा हाल प्रदेशसभा सदस्य न्ह्च्छेनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य नराेत्तम वैद्य, क्षेत्रीय सचिव विनाेद चालिसेकाे नाम अगाडि देखिन्छ । त्यसाे त केही अरू नामले पनि आफूलाइ क्षेत्रीय सभापतिकाे रूपमा जान आकांक्षा देखाउन सक्लान् । राजनीतिमा हरकुराका संभावना भए पनि जाे सुकैकाे नाम आउँदा गगन थापा र राजु श्रेष्ठले कसलाइ सहयाेग गर्लान् भन्ने कुरा महत्वपूर्ण रहन्छ ।

सर्वसम्मत सभापति बनाउनु पर्छ भन्ने लाइन पनि यतिखेर काठमाडाैँ क्षेत्र नं ४ मा देखिन थालेकाे छ । सर्वसम्मत नहुँदा अधिवेशनपछि गुटकाे राजनीति मात्र माैलाउने हुँदा सकभर सर्वसम्मत सभापति बनाउन गगन थापा र राजु श्रेष्ठमाथि दवाव आउन सक्नेछ । उल्लेखित नामहरूमध्ये पूर्व क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ, हाल क्षेत्रीय सचिव विनाेद चालिसेलाइ नेता गगन थापा निकट भनेर चिनिन्छन् । प्रदेसभा सदस्य नराेत्तम वैद्यलाइ राजु श्रेष्ठ निकट भनेर चिनिन्छन् । ट्याग लागेका तथा यी चिनिएका वा सम्भावित भनिएका नामबाहेकबाट पनि क्षेत्रीय सभापति बनाउन सकिने देखिन्छ । त्यस्ता नामहरुमा पूर्व क्षेत्रीय सचिव श्यामकृ्ष्ण सङ्गत आदिकाे रहेकाे छ । उल्लेखि सबै नामहरू नेपाली काँग्रेसकाे संगठनदेखि संसदीय अभ्यासका लागि पनि खारिएका पात्र हुन् ।

दुवा तुरूप बनेर क्षेत्रीय सभापति बन्ने आशा

हाल जिल्ला सदस्य रहेका इन्द्रबहादुर थापा पनि क्षेत्रीय राजनीतिमा संभावना खाेजिरहेका छन् । जस्केलाबाट जिल्लासदस्य बनेका थापा जस्केलाबाटै क्षेत्रीय सभापति बन्ने दाउमा रहेकाे बताइन्छ । धेरैले थापालाइ क्षेत्रीय राजनीतिमा दुवा तुरूप भन्ने गरेका छन् । यतिखेर चतुर बुद्धिका इन्द्र थापा क्षेत्रीय सभापति राजु श्रेष्ठ तथा नेता गगन थापा दुवैसँग समदुरी राखेर बसेका छन् । ०५४ र ०७४ काे स्थानीय चुनावसँग जाेडेर थापामाथि नकारात्मक टिप्पणी हुने गरेकाे छ । थापाकाे दुवा दाउ कति लाग्छ हेर्न बाँकी छ ।

नगर सभापतिमा केसी र बुढाथाेकीकाे सम्भावना

काठमाडाैँ क्षेत्र नं ४ काे महत्वपूर्ण हिस्सा बाेकेकाे बुढानिलकण्ठ नगरपालिकामा नेकाकाे नेतृत्व बारे पनि चर्चा तथा चासाे सुरू भएकाे छ । हाल नगर सभापति गणेश काेइराला भए पनि याे समितिले पूर्णता पायाे न सक्रिय नै रह्याे । १४ औँ महाधिवेशनमा बुढानिलकण्ठ नगर सभापतिका लागि सम्भावनाका दुइ नाम हुन् गाेकर्ण केसी र राजाराम बुढाथाेकी । पुराना नेता तर कहिल्यै राजनीतिमा पाेजिसन नपाएका गाेकर्ण केसी तथा हाल नगरपालिकामा पार्टीकाे प्रधिनिधित्व गर्ने राजाराम बुढाथाेकीमध्ये एक नगरसभापति बन्ने निश्चित देखिएकाे बताइन्छ । केसीलाइ चाक्सीबारी तथा राजु श्रेष्ठ निकटकाे नेता मानिन्छ भने बुढाथाेकीलाइ चाक्सीबारी र गगन थापा निकटकाे नेता मानिन्छ ।

नगरसभापतिका लागि यी दुइबाहेक एकाध नामले आफू पनि आकांक्षी हुँ भन्ने संभावना छ । हाल इकाइ सभापति रहेका केही सक्रिय नामहरू सम्भावनाभित्र पर्ने देखिन्छ । वडा सभापतिमा हाल रहेका अधिकांश इकाइ सभापतिहरू संगठन र संसदीय दुवै माेर्चामा असफल देखिए पनि उनीहरूले आकाँक्षी रहने देखिन्छन् ।

महिला नेतृकाे खडेरी

काठमाडाै क्षेत्र नं ४ मा सुप्रभा घिमिरेकाे राजनीतिक अवसानपछि महिला नेतृकाे टड्काराे अभाव देखिएकाे छ । क्षेत्रीय सभापति तथा सचिवका लागि महिला नेतृले आकांक्षा देखाउने सम्भावनासमेत न्यून छ । त्यसैगरी नगर सभापति वा सचिवकामात्र हैन वडा सभापति लागि महिला नेतृकाे दावी हुने सम्भावना कम छ । सांसद तथा नेता गगन थापा एवम् सभापति राजु श्रेष्ठलाइ महिलाहरूलाइ प्राेमाेसनमा ध्यान नदिएकाे आराेप लाग्ने गरेकाे छ ।

साभार: काठ्माण्डौ खबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope