अंगीकृत नागरिकतामा सातवर्षे प्रावधान नसच्याए आन्दोलन गर्ने चेतावनी


काठमाडौं- तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले अंगीकृत नागरिकता प्राप्तिमा सात वर्ष पर्खनुपर्ने गरी ल्याउन लागिएको विधेयकको चर्को विरोध गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनीहरुले संसद्को राज्य व्यवस्था समितिबाट पारित विधेयक मान्य नभएको बताए। उनीहरुले मेधस केन्द्रित दलहरुसँगको सहमतिमा उक्त प्रावधान नसच्याए सदन र सडक आन्दोलन गर्ने चेतावनी दिए।

राष्ट्रिय जनता पार्टीका महेन्द्र राय यादवले २०६३ मा गरिएको सम्झौता अहिले आएर सत्तारुढ दलले उल्लंघन गरेको आरोप लगाए। सांसद यादवले बहुमतका आधारमा सहमति नतोड्न आग्रह गरे।

यादवले भने, ‘७ वर्षको प्रावाधनलाई छलफल गरेर सहमतिको बाटो खोज्नुपर्छ। यसो गरिएन भने हामीलाई सदनदखि सडकसम्म आन्दोलनमा जाऊ भन्न खोजिएको हो।’

उनले सरकारले मधेसी दलसँग गरेका सम्झौता र सहमति अंगीकृत नागरिकता विधेयक ल्याएर तोड्न खोजेको आरोप लगाए। उनले भने, ‘सरकारले देशमा राष्ट्रिय एकताका लागि संविधान संशोधनको माग पूरा गर्न सकेन । नागरिकताका विषयमा सहमतिको दस्ताबेज तोड्न लागेको छ।’ उनले भारतको चेली ल्याए राष्ट्रघात हुन्छ भन्ने गलत मान्यता त्याग्न आग्रह गरे।

समाजवादी पार्टीका प्रदीप यादवले अंगीकृत नागरिकताका लागि सात वर्ष कुर्नुपर्ने प्रावधान राखेर मधेसमाथि प्रहार गर्न खोजिएको आरोप लगाए। उनले भने, ‘राज्य व्यवस्था समितिले भेदभावपूर्ण निर्णय गरेको छ। युगौंयुगौंदेखि चलिआएको सम्बन्धमाथि प्रहार भएको छ। समय छ, यसलाई सच्याउनुपर्छ।’
उनले मधेसीमाथि प्रहार गरेर नेकपाले राजनीति गरिरहेको आरोप लगाए।

साभार: नेपाल समय


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope