प्रेममय भिडियो कबिता

९ असार २०७७, मंगलवार ०३:१८

प्रेमले लम्ब्यायो तिमिसँङका बसाईका दिनहरु ।

जब लम्बिए बसाईका दिनहरु तिमिसँङ
तब प्रेमलेनै पार्यो गार्हो बसाईको गाँठो फुकाउन
यतिबेला मात्र थाह भयो
बरु यो बसाई नलम्ब्याएको भए हुन्थ्यो
अब कसरी छोडेर जाँउ तिम्लाई बिदेस
तिमीले देख्ने बिहान मेरो हुन थालेपछी
तिम्रा आँखा मेरा ऎना हुन थालेपछी
तिमी र मैले एउटै बाटो हरेक दिन हिड्न थालेपछी
सङै बसेर पानीपुरी खाने एउटै प्लेट हुन थालेपछी

सजिलो त त्यहिबेला थियो तिमिलाई म पर्खिनुमा
कुरुशले स्कार्फ बुन्दै, हवाईजाहाज उड्ने आकास हेर्दै,
पदचाप नियाल्दै…
किनकी त्यहाँ मिलनको प्रतीक्षा थियो ।
छुट्टै आनन्द थियो।

कवि : तुलसी आचार्य

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.