प्रतिपक्षको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

१० असार २०७७, बुधबार ००:३६

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको हो ।

बुधबार बिहान ८ बजे सुरु भएको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले बोलेर लगातार अबरोध गरेपछि बैठक स्थगित भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेकाले प्रदेशसभा बैठकमा अवरोध गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता रावलले बताए । उनले कोरोना पोजेटिभ देखिएकालाई पनि निको नहुँदै घर पठाउने, पीसीआर परीक्षण बढाउन माग गर्दा पनि बेवास्ता गरेको बताए ।

प्रदेशसभाको अर्को बैठक असार १२ गते बिहान ८ बजे बस्ने छ ।

साभार: देश सञ्चार

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.