पसल त खोल्यो हजुर, ग्राहक छैनन, यहि ताल हो भने भोकै मर्ने दिन आउँछन

११ असार २०७७, बिहीबार ०५:३५

अहिले पोखरामा प्राय सबैका पसलहरु खोलिएका छन।

रेस्टुरेन्ट देखि कपडा पसल र ग्रोसरी सबै खुल्ला देखिन्छन। मानिसहरुको चहलपहल पनि ठाँउ ठाँउमा त्यतिकै देखिन्छ तर किनबेच ठप्प छ।

“पसल त खोलेको निकै दिन भो बिहान देखि बेलुकासम्म तर सुको ब्यपार छैन” सिलाई सामाग्री पसलका जय सापकोटा भन्नुहुन्छ। “यस्तै हो भने के खानु, कसरी चल्नु मरिने भैइयो”

त्यसैगरी अरु पसलहरुको पनि हालत त्यही भएको उनिहरु बताउछन।

“रेस्टुरेन्ट त खोलियो तर मानिस खानै आउन डराउछ” एक रेस्टुरेन्ट ब्यबसायी बताउँछन् ।

यो समस्या चाडै हट्ला भन्ने कुरामा उनिहरु आसाबादी छैनन।

यती धेरै दुख पाउनुमा सरकार निरीह हुनु हो, उनिहरुको राय छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.