हुम्लाको ताँजाकोट गाउँपालिका–२ मैलामा रहेको स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर चलाएर डा.गोविन्द केसीले ८० जनाको उपचार गरेका छन् ।
केसीले हुम्लाको अति दुर्गम क्षेत्रमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।
हुम्लामा निःशुल्क हाडजोर्नी विषेशज्ञ सेवा दिएका केसीले ताँजाकोट गाउँपालिका र अदानचुली गाउँपालिका स्थानीयले शुक्रबार ३५ जना र शनिबार ४५ जनाको उपचार गरेका थिए ।
हुम्लामा रहँदा केसीले कसैबाट एक कप चिया पनि नखाएको नेपाल विद्यार्थी संघ हुम्लाका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।
‘स्वास्थ्यकर्मीले व्यवस्था गरेको चिया पनि उहाँले खानुभएन्,’ उनले भने, ‘हुम्लामा रहँदा होटलमा बनाएको खाना खानुभयो । होटेलको पैसा आफैँ तिरेर जानुभयो ।’
आइतबार बिहान बाजुराको कोल्टीमा हाडजोर्नीका बिरामीको उपचार गर्न बाजुरातर्फ लागेका छन् ।
बाजुरामा कोल्टीमा एक दिने निःशुल्क बिषेशज्ञ शिविर चलाएर उनी कालिकोटतर्फ योजना केसीको रहेको छ । डा.केसीलाई हुम्ला–बाजुरा हुँदै कालिकोटमा पुग्न कम्तिामा पाँच दिन लाग्नेछ ।
साभार: शिलापत्र
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com