लकडाउनका कारण बन्द भएको सेयरबजार सोमबारबाट पुनः सञ्चालनमा आउने भएको छ । शुक्रबार अध्ययन समितिले बजार खुलाउन सक्ने प्रतिवेदन शार्वजनिक गरेसँगै आगामी मंगलबार बजार खुलाउने भनिएपनि सोमबारबाटै बजार खुलाउने निणर्य भएको हो ।
आइतबार धितोपत्र बोर्ड सेबोनले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिदै भोलिबाट नै सेयरबजार सञ्चालन गर्न भनेको छ ।
शनिबारमात्रै बोर्डले अब कुनैपनि माग राखेर बजार बन्द गर्न नपाउने पत्रमा लगानीकर्तालाई सहमत गराएर हस्ताक्षर गराएको थियो । बोर्डले त्यसको भोलिपल्टै सेयर खुलाउने बोर्डले निणर्य गरेको हो ।
बजार नखुलाएको भन्दै चौतर्फी आलोचनाको खेपेकाे बोर्डले अन्तिममा भएपनि नेप्सेको अनलाईन कारोबार प्रणालीमा सुधार गरेको छ । त्यस्तै युजरनेम र पासर्वड प्राप्त गर्न सक्ने, अनलाईन पेमेन्टका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपिएस वा अन्य कुनै भरपर्दो विद्युतीय माध्यम प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।
अनलाइन पेमेन्ट पछि सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर शुविधा लगानीकर्ताले प्राप्त गर्नेछन् ।मेरो सेयर सुविधा प्राप्त गरेपछि लगानीकर्ताले घरमै बसेर आफुसंग भएको शेयर खरिदविक्री गर्न सक्नेछन् ।
यसका लागि ब्रोकर कम्पनी धाइरहनु पर्ने झन्झट नहुने हुँदा अब सजिलै सेयर कारोबार गर्न सक्ने बोर्डले जनाएको छ ।
पेमेन्ट लिमिटेसन,लाभकर सुनिश्चित,पूर्ण अनलाई लगायतका काम बोर्डले लकाडाउनको समयमा गरेको हो ।
बोर्डले पछिल्लो समय अर्थमन्त्रालयले पूँजी बजार खुलाउन कुनै कदम नचालेको भन्दै आक्रोस व्यक्त गरिरहेको अवस्थामा अर्थमन्त्रलाय पनि बोर्डले आफ्नो काम नगरेको प्रति रुष्ट बनेको थियो ।
साना साना समस्यामा पनि मन्त्रालय धाउने पद्धती विकास भएको भन्दै नियमनकारी निकायले समस्या सामधान गर्न सार्मथ्य पनि राख्नुपर्ने धाराण सेयरबजार विज्ञले राख्दै आएका थिए ।
शिलापत्र
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com