अमेरिकामा एकै दिन थपिए ४६ हजार संक्रमित, ब्राजिलमा फेरि मृत्युदर बढ्यो


कोरोना भाइरस (कोभिड-१९) बाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा एकै दिन ४६ हजार संक्रमित थपिएका छन् ।

वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४६ हजार ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या २७ लाख २७ हजार नाघेको छ । जसमध्ये ११ लाख ४३ हजार निको हुँदा १ लाख ३० हजार संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा अमेरिकामा कोरोनाबाट ७ सय ६४ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकापछि कोरोनाबाट बढी प्रभावित ब्राजिलमा मंगलबार १ हजार २ सय ७१ जनाले ज्यान गुमाएका छन् ।

केही दिनअघि मृतकको संख्या घटेको त्यहाँ फेरि बढ्न थालेको छ । ब्राजिलमा अहिलेसम्म कोरोनाबाट ५९ हजार ६ सय व्यक्ति प्रभावित भएका छन् ।

त्यस्तै, गत २४ घण्टामा ब्राजिलमा ३८ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या १४ लाख ८ हजार नाघेको छ । हालसम्म ब्राजिलमा ७ लाख ९० हजार संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

कोरोनाबाट बढी प्रभावित रुसमा मंगलबार साढे ६ हजार नयाँ संक्रमित थपिँदा १ सय ५४ जनाको मृत्यु भएको छ ।

योसँगै त्यहाँ संक्रमितको संख्या ६ लाख ४७ हजार नाघेको छ । जसमध्ये ९ हजार ३ सयको मृत्यु हुँदा ४ लाख १२ हजार संक्रमित निको भएका छन् ।

छिमेकी देश भारतमा बितेको २४ घण्टामा १८ हजारमा संक्रमण पुष्टि हुँदा ५ सय ६ जनाले ज्यान गुमाएका छन् ।

योसँगै भारतमा संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय नाघ्दा १७ हजार ४ सय संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म त्यहाँ ३ लाख ४७ हजार ८ सय संक्रमितले कोरोना जितेका छन् ।

विश्वभर गएको २४ घण्टामा १ लाख ७४ हजार संक्रमित थपिँदा ५ हजार ७२ जनाले ज्यान गुमाएका छन् ।

योसँगै संक्रमितको संख्या १ करोड ५ लाख नाघेको छ । जसमध्ये ५७ लाख ९४ हजार निको हुँदा ५ लाख १३ हजार संक्रमितको मृत्यु भएको छ ।

नेपालमा बुधबार बिहानसम्म १३ हजार ५ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ सय १६ नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म नेपालमा १३ हजार १ सय ९४ संक्रमित निको हुँदा २९ जनाको मृत्यु भएको छ ।

साभार: शिलापत्र


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope