Advertisements

अमेरिकीका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचले अमेरिकाका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक एक लाख हुन सक्ने बताएका छन् ।

सिनेटमा भएको सुनुवाईको क्रममा डा. फाउचीले दैनिक संक्रमितको संख्या एक लाख पुगेमा आफू आश्चर्यमा नपर्ने बताएका हुन् ।

सिनेटमा बयानको क्रममा डा. फाउचीले भनेका छन्, ‘स्पष्ट छ कि हामी अहिले महामारीलाई नियन्त्रणमा लिन सकेका छैनौँ ।’ अमेरिकीहरुले मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायहरु अझै पनि प्रभावकारी रुपमा नअपनाउँदा समस्या थप गम्भीर बन्दै गएको डा. फाउचीको भनाई छ ।

सुनुवाईको क्रममा डा. फाउचीले अहिले अमेरिकामा दैनिक संक्रमण हुने मध्ये आधा चार राज्यका नागरिक रहेको बताए ।

त्यसअघि न्यूर्योकका गभर्नर एन्ड्रयू कुओमोले अरु राज्यबाट आउने आधा अमेरिकी आइसोलेशनमा बस्नु पर्ने बताएका थिए ।

अमेरिकामा मंगलबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार भन्दा बढी रह्यो । पछिल्लो पाँच दिनमा चार दिन संक्रमितको संख्या ४० हजार भन्दा बढी रहेको छ ।

अहिले विशेष गरी अमेरिकाको दक्षिणी तथा पश्चिमी राज्यमा संक्रमण अति तीव्र गतिमा बढिरहेको छ।

डा. फाउचीले सिनेट सुनुवाईको क्रममा उल्लेख गरेका बढी प्रभावित चार राज्य फ्लोरिडा, एरिजोना, टेक्सास र क्यालिफोर्निया रहेको सिएनएनले उल्लेख गरेको छ ।

अमेरिकामा महिना दिनअघि संक्रमण केही कम हुन थालेपछि लकडाउन खुकुलो पारिएको थियो । तर त्यसपछि पुनः संक्रमण बढ्न थाल्यो र अहिले विभिन्न राज्यले पुनः लकडाउन लागु गरेका छन् ।

संसदीय समितिमा भएको सुनुवाईको क्रममा नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक समेत रहेका डा. फाउचीले राज्यहरुले संक्रमणलाई कमजोर ठानेकाले अहिलेको अवस्था आएको बताए । उनले सरकारसँग मास्कको उत्पादन गरी सबै नागरिकमा निशूल्क वितरण गर्न आग्रह गरेका छन् ।

यस्तै सुनुवाईमा सहभागी भएका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का निर्देशक रोबर्ट रेडफिल्डले अहिले १२ राज्यमा कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल भर्ना हुनेको संख्या बढेको बताए ।

साभार: देश सञ्चार

Advertisements

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.