इन्टरभ्युदेखि होशियार

कलाकार निर्मात्री दिपा श्री निरौलाले केही दिन अगाडिको एक टेलिभिजन अन्तरबार्तामा माहानायक राजेश हमाललाई उनी माहानायक कसरी हुन सक्छन भनेपछी उनको यो वाक्य अहिले सर्बत्र चासोको बिषय बनेको छ ।
सामाजिक सन्जालमा उनको यो बाक्यलाई धेरैले असन्तुष्टि जनाएपछी सहकर्मी दिपक राज गिरिले यस्तो लेखेका छन ।
आज म लेख्दैछू……interview देखि होशियार!!!
केहि दिन देखि देखिरहेको छू कलाकारहरू ले interview मा बोलेको कुरा एकपछि अर्को बिबादमा आइरहेको छ कोहि राष्टियताका बारेमा चिप्लिरहेका छन्!
कोहि देशको जिल्ला , प्रदेशको बारेमा चिप्लिय !
कोहि सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए !
कोहि नेपोटिज्मका बारेमा, कोहि के मा कोहि के मा … यो सबै किन भैरहेछ ?
interview लाइ नाइ भन्न नसक्ने हाम्रो बानिले गर्दा !!!! पत्रकार भाइले फ़ोन गर्यो “ लौ न interview दिन पर्यो , क्यामाराको ढक्कन खोल्यो सुरू भैहाल्यो , टेडा मेडा प्रश्नको झटारो सुरू हुन्छ…. हामि कलाकार बिना तैयारी पत्रकार रिसाउला भनेर कनि कनि बिना तैयारी बोल्न सुरू गर्छौ
जसो जसो interview अगाडि बढ्छ, हामि कलाकारको जिब्रो चिप्लिन थाल्छ ,ब्यबसायिक पत्रकार मनमनै खुशि हुन थाल्छ
आहा , ओहो, TRP , !!
पत्रकार ले फेरी उत्साहित हूदै सोध्न थाल्छ “मुस्तागं कुन जिल्लामा पर्छ था छ ? कलाकारले एकछिन टाउको कनाउदै जवाफ दिन्छ
“मनागं जिल्ला होला “ हाहाहाहा लामो हॉसो पनि जान्छ
पत्रकार कुटिल हॉसो हॉस्छ, कलाकार र पत्रकार बिचको interview शाखा अधिकृतको जागिरको लागि लिइएको interview जस्तो हुन थाल्छ , कलाकार चूपचाप नजानेको बिषयमा बोल्दै जान्छ ? अन्त्यमा ,आज त गज्जब भो interview भोलि हेर्नुस है भन्दै पत्रकार खुशि साथ बिदा हुन्छ … भोलि interview आउदैन , interview संग संगै आपत आइलाग्छ
जताततै भाइरल, बिरोध, गालिको बर्षा !!!
त्यसपछि कलाकारको निन्द्रा कमसेकम ३ दिनको लागि गायब ..
हामि किन यसरी बिना तैयारी बोल्न अगाडि सर्छौ?
किन बारम्बार चिप्लेर लज्जित हूदै माफि माग्छौ?
Interview दिदॉ selective किन हूदैनौ हामि?
सबै पत्रकारको नियत राम्रो हुदैन !!
७०% त TRP र headline को चक्करमा हुन्छन् !
अनि किन हामि सधै उनिहरूको यो TRP को trap मा परेर आफ्नो ब्यक्तित्व कमजोर बनाइरहेका हुन्छौ!
राम्रो नियत भएको, headline मा जोड नदिने , सकारात्मक पत्रकारीता गर्ने साथिहरू लाइ हामि कहिल्यै स्थान दिदैनौ,
यस्तै चटपटे headline seller हरूका लागि २४ घन्टा उपलब्ध हुन्छौ हामि , चलचित्रको प्रमोशन देखि हरेक कुरामा कुनै सिमाना राख्दैनौ,interview लाइ सामान्य रूपमा लियौ र लिन्छौ पनि !
घन्टौ क्यामारा अगाडि फतफताएर आफूले आफूलाइ धेरै पल्ट सस्तो पनि बनायौ !!!
अब यस बारेमा सोच्ने बेला आयो कि ?
याद गरौ पछिल्लो केहि दिनलाइ
कोहि राष्ट्रीयता बारेमा सचेत हुदॉ हुदै कुरा स्पष्ट भन्न नसक्दा फन्दामा परे,
कोहि राजेश हमाल सुपरस्टार हो कि होइन भन्ने बारेमा चिप्लिए
उहॉले सुपरस्टार हो तर यो क्षेत्रकों अभिभाबकत्व पनि निभाउन पर्यो भन्न खोज्दा शब्द संयोजनमा समस्या उत्पन्न भइ सुपर स्टार नै होइन भन्ने बुझिन गयो, पूरा interview त कस्ले हेर्ने यॉहा ? कोहि कलाकार १४ जिल्लामा फसे एउटा कलाकारले सामान्य ज्ञान कन्ठ गर्नै पर्छ ?
प्रश्न सोध्ने पत्रकारलाइ पनि हंगेरीको प्रधानमंत्री को नाम था होला ? भिमसेन थापा पछि को प्रधानमंत्री थिए था होला ? केपि ओली ज्यूलाइ पहिलो कलर नेपाली फ़िल्म कुन हो था होला? सबैलाइ सबै कुरा था हुनु ज़रूरी छैन कोहि कलाकार nepotism का सबालमा बोल्दा चिप्लिए जबकि नेपालमा चलचित्र उद्योग नै बाल्यकाल मैं छ
यस्ता nepotism त बिकसित उद्योगमा हुने कुरा हो
त्यसैले हामिले अरूलाइ दोष दिनु भन्दा
सकेसम्म चटपटे interview हरू बाट भागौ,
Interview दिदॉ छानेर, बुझेर , प्रसस्त तैयारी गरेर दिऔ
चित्त नबुझेको कुरा पत्रकारलाइ अनुरोध गरेर यो चाहि काटिदिनुस यो चाहि नबोलौ होला भन्ने गरौ !
दोष पत्रकारको मात्रै छैन हाम्रो पनि छ , चलचित्र प्रमोशनको समय देखि हरेक दिन हामि interview
का लागि लालायित हुने , यस्का लागि पत्रकार संगको अत्याधिक सामिप्यता राख्ने , सबै आन्तरिक कुरा खोल्ने ,यस्ता कुराहरूमा हाम्रो पनि कमजोरी छ
अत interview को लागि फोन आउछ भने खुशि होइन, होशियार होऔ, सकेसम्म टारौ, नसके पत्रकार संग प्रसस्त छलफल गरेर आफू पूर्ण रूपमा तैयार भएर मात्रै interview face गरौ
आफ्नो ब्यक्तित्व , आधा घन्टाको interview बाट स्वाहा नपारौ!!!….. जय नेपाली चलचित्र !!!
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस