कृपा भण्डारी

हत्या, हिँसा, बलात्कार जस्ता घटनाका समाचार अहिले दिनहुँ हामीले सुनिरहनुपरेको छ । नेपाल जस्तो विकासोन्मुख देशमा त यस्ता घटनाले निकै ठूलो हिस्सा ओगटेको छ । पूरुषको तुलनामा महिला बढि पिडित छन् । तर यो सँगै पुरुष पनि पिडित छन् । हुन त प्रतिशतको हिसावमा हेर्ने हो भने महिला बढि नै पिडित भएको तथ्याँक आउँछ । यसो भन्दै गर्दा थोरै प्रतिशत भएपनि पिडित बनेका पुरुषहरुको समस्यालाई नजरअन्दाज गर्न मिल्दैन ।

महिला पिडित भएको घटनामा अधिकाँश पुरुषहरु नै पिडक रहेको भेटिने गरिएको छ भने केहिमा महिला नै महिलाको पिडक भएको विभिन्न घटनाक्रमले पुष्टि गरेका छन् । तर नेपाली समाजमा यस्ता पुरुष पनि छन् जो महिलाबाट पिडित छन् । महिलाका विषय भन्ने वित्तिकै सान्तवनाको भाव पोखिनु र पुरुषलाई मात्र दोषी देख्नुले पनि महिला पिडित पुरुषहरुको समस्याको सम्बोधन हुन ग्राहो भइरहेको छ ।
शारिरिक र मानसिक पिडा दिने महिला वा पुरुष दुबै हुनसक्छन् भन्ने कुरा बुझन जरुरी छ । समाजमा यस्ता महिलाहरु पनि छन् जो पुरुषलाई विभिन्न यातना दिएर पिडा दिइरहेका छन् । जस्तै विदेशमा रगत पसिना बगाएर कमाएको श्रीमानको सम्पत्तिलाई मोजमज्जामा उडाउनु, परपुरुषसँग सम्बन्ध बढाउनु र उसैलाई सम्पत्ति र जोवन सुम्पनु आदि । प्रहरी तथयाँकलाई आधार मान्ने हो भने नेपाल आउँदा श्रीमती र सम्पत्ती दुबै गुमाएर घरको न घाटको भएका पत्निपिडित पुरुषहरुको उजुरी प्रशस्त भेटिन्छन् । प्रहरीमा उजुरी दिदा पनि महिलाले दिएका बयानलाई बढि प्राथमिकता दिइनु र पुरुषलाई जहिले पनि हिँस्रक र पिडा दिने व्यक्तिको रुपमा मात्र विश्लेषण गरिनुले पनि महिला पिडित पुरुषहरु झन् पिडित बन्दै गएका हुन् ।

केहि समय अगाडि एउटा समाचार आएको थियो तेह्रथुमको । दोर्ण भुजेलकी श्रीमती मन्जुलाले श्रीमानले कमाएको करौडौँ रुपैयाँ लिएर बेपत्ता भएको । रोजगारीको सिलसिलामा १२ बर्ष पहिले साउदी अरब पुगेका दा्रेर्ण दिनरात नभनी कमाएको ५० लाख, १५ तोला सुन र ७ वटा मोवाइल लिएर बेपत्ता भएकी भएकी श्रीमतीबिाट सम्पत्ती फिर्ता गराउन नेपाल आएर कानुनी बाटो रोज्न पुगे । अहिले उनको गाउँमा रहेको घर बाहेक सम्पत्तीको नाममा केहि छैन ।

यस्तै नेपाल प्रहरीमा सहि पदमा कार्यरत दिपक (नाम परिवर्तन) को सानो र सुखी परिवार अहिले भताभुँग भएको छ । केहि बर्ष अगाडिको भरिपूर्ण उनको जिवन यतिबेला शुन्यतामा झरेको छ । गाउँमा रहेकी श्रीमतीले बजारमा कोठा लिएर राख्न अनुरोध गरेपछि गाँउमा भएको जग्गाजेथा बेचेर शहरमा घर र घडेरी किनि श्रीमतीलाई पसल खोलेर राखिदिए । आाफुनो सरकारी जागिरबाट आएको तलव भत्तापनि आफुलाई केहि बचाएर सब श्रीमतीलाई पठाए । लामो समय घर नआउँदा पनि फोनबाटै सन्चो विसन्चो र ब्यबहारबारे सोध्ने गर्दा रहेछन् । सोध्दा त सब ठिकठाक छ भन्ने जवाफ पाउँदा रहेछन् । तर जव उनी केहि महिनापछि घर आए, छााँगाबाट खसेझै भए । न श्रीमती छ न जग्गाजमिन । सबै आफनो नाममा पारेर श्रीमती गायब । धेरै खोजतलास गर्दा पनि कतै नभेटेपछि अहिले उनी यत्तिकै सुस्ताएका छन् । जिवनभर गरेको कमाईको नाक—मुख समेत नदेख्दा जिन्दगि शुन्यमा झरेको छ उनको ।

यो त नेपालभित्रको कुरा भयो नेपाल बाहिर विदेशीएकाहरुको कथा पनि उस्तै छ । हाल अमेरिकामा रहेका उनको सम्बन्ध श्रीमतीसँग केहि समय राम्रै वित्यो । तर विस्तारै श्रीमानसँगै बाहिरी पुरुषसँग पनि श्रीमतीको सम्बन्ध रहेको कुरा खुल्यो । यहि विषयमा उनले धेरै सम्झाउन खोजे तर विदेशको ठाउँ पुरुष भन्दा पनि महिलाको बढि सुनुवाई हुने । उनले सम्झाउन खोज्दा पुलिस बोलाइदिने धम्की दिएपछि आफनै श्रीमती अरुसँग लागेको टुलुटुलु हेर्नु बाहेक केहि सकेनन् । विस्तारै उसले आफु उ संग बस्न नसक्ने भन्दै पारपाचुके मागेपछि भने उनले केहि राहातको सास फेरे । तर विदेश र नेपाल दुबैमा सम्पत्तिमा हक लाग्यो । विचरा अधबैशे भन्दा माथि पुगेको उनको उमेर । अब जिन्दगीभर त्यहि कमाईले बाचौला, बसौला, बुढेशकालमा नेपाल गएर यहि सम्पत्ति भोगचलन गरौला भन्ने सपना बोकेका उनको सबै सपना चक्नाचुर भयो । कमाईको आधा हिस्सा दिनुप¥यो, बाँकी आधा क्रृण तिर्दे सकियो । अनि बुढेशकालमा भएपनि रातदिन घण्टा हान्न बाध्य छन् अहिले उनि ।

यसरी बर्षोसम्म पिडित बनेका उनको मानसिक अशान्तिको क्षतीपुर्ती कसले दिने ? महिला भन्दैमा सबै उसैको पक्षधर हुने र दोषी को हो ? साँचो र झुटोे के हो ? छुट्याउन नसक्दा पनि यस्तो हुने गर्र्दछ । कसैको जिन्दगी संग नै खेलबाड गर्ने मनसायले आएकाहरुलाई किन दिने आधा सम्पत्ति पनि ? भन्ने बहस पनि हिजोआज चल्न थालेको छ । पुरुषको जायजेथालाई भोगचलन गरेर आफु महलमा र उनीहरुलाई सडका पु¥याएका धेरै उदाहरण समाजमा छन् ।

अधिबक्ता जुनाकुमारी गुरुङका अनुसार पछिल्लो समय पुरुषहरु बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले गर्दा महिलाकै नाममा पैसा पठाउने र जग्गा खरिदविक्रि गर्ने काम पनि महिलाकै नाममा हुने गर्दछ । श्रीमानले विदेशमा पसिना बगाएर पठाएको सम्पत्ती श्रीमतीले दुरुपयोग गरेको केहि घटनाहरु पनि आउन थालेका छन् । जसका कारण परिवारमा द्धन्द्धको सुरुवात भई परिवार नै तहसनहस बन्न पुग्छ ।

क्लिनिकल साइकोलोजिस्ट विजय ज्ञवाली पनि समाजमा पुरुषविरुद्ध हुने हिँसाबारे खासै चर्चा नहुने स्विकार्छन् । उनका अनुसार पुरुष हिँसा बाहिर नआउनुको कारणहरु कानुनको जटिलता, पुरुष अहम र लोकलाज, छोराछोरीसित टाढा हुनुपर्ने त्रास, पुरुष हिँसाबारे जानकारीको अभाव, पुरुषलाई सजिलै दोष जानसक्ने सामाजिक वातावरण आदि हुन् । जसले गर्दा पिडित पुरुषहरु विभिन्न मानसिक विचलनबाट पिडित हुन्छन् जस्तै ः आत्माविश्वासको कमी, अनिन्द्रा, आफु दोषीको अनुभव गर्नु, रक्सी र लागुपदार्थको कुलन हुदै गम्भिर अपराध गर्नसम्म उद्धत हुने र अन्तमा आत्महत्याको बाटो रोज्ने गर्दछन् । यद्यपी पछिल्लो समयमा कानुनी उपचारमा भने पुरुषका मुद्धालाई पनि सहज बनाउने प्रयास गरिएको छ ।

लैँिगक समानतामा अझैपनि प्रष्टता पाइदैन । महिला हिँसा विरुद्धको लडाई र पुरुष हिँसा विरुद्धको लडाई एकअर्काको लडाई होइन । यो सिँगो हिँसाविरुद्धको लडाँई हो । महिला पुरुष भन्दा पनि पिडित र पिडक को हो भन्ने छ्ट्याउनु अत्यावश्यक छ । महिला भन्दैमा उसका कुरामा भावानात्मक संवेग प्रस्तुत गर्ने र पुरुष भन्नेवित्तिकै आवेग प्रस्तुत गर्न जरुरी छैन । यहाँ लाखौँ लाहुरेहरुको उठिबास भएको छ । त्यसैले दोषि को हो त्यो निक्यौल हुन जरुरी छ ।

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.