नेपाल विद्यार्थी संघद्वारा बृक्षारोपण

२० असार २०७७, शनिबार ००:२९

तनहूँ, २० असार । नेपाल विद्यार्थी संघ तनहूँले स्व.गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा बृक्षारोपण गरेको छ ।


नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आँप, कटहर, लिची, कागती, लगायतका फलफूलका बिरुवा रोपिएको हो ।


कार्यक्रममा नेता पौडेलले कोरोना महामारीको विद्यमान संक्रमणमा आँफू बाच्नु र अरुलाई बचाउनु हामी सबैको साझा कर्तव्य भएको बताए । महामारीको क्षणमा पनि भ्रष्टाचार तथा अनियमितिता बढीरहेको बताउँदै उनले यस्तो जटिल परिस्थितिमा सडक आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे । स्व.गिरिजाप्रसाद कोइरालाले देशमा लोकतन्त्रको स्थापनाका साथै शान्ति स्थापनार्थ गर्नुभएको योगदान अतुलनीय भएको उनले स्मरण गरे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.