उपत्यकामा निश्चित क्षेत्र तोकेर परीक्षण गरिँदै


काठमाडौं-  उपत्यकाका केही क्षेत्रमा ट्राभल हिस्ट्री नभएका बासिन्दामा समेत कोरोना संक्रमण देखिएपछि सरकारले ती क्षेत्रमा पहिलो चरणमा १२ सय जनामा पीसीआर परीक्षण सुरु गरको छ।

काठमाडौंंका तीनकुने, बुद्धनगर, खुसिबु, शंखमुल, कोटेश्वर, मैतिदेवी, कपन, टोखा, ललितपुरको नख्खु र प्युटार साथै भक्तपुरको बोडेमा पीसीआर परीक्षणका लागि नमुना संकलन सुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशन डा. बासुदेव पाण्डेले जनाकारी दिए।

डा. पाण्डेका अनुसार कोरोना संक्रमित भएका ठाउँ र भीडभाडमा नगएका मानिसमा संक्रमण देखिन थालेपछि ती क्षेत्रमा पहिलो चरणमा १२ सय जनामा परीक्षण गरिनेछ र त्यसपछि आवश्यकता अनुसार थप परीक्षण पनि हुनेछ।

शनिबार यि क्षेत्रबाट २५० जनाको नमुना संकलन भइसकेको छ।

हालसम्म नेपालमा २ लाख ४६ हजार २९७ नमूनाको पीसीआर परीक्षण गर्दा १५ हजार ४९१ मा संक्रमण देखिएको छ। यिमध्ये ६४९५ जना संक्रमणमुक्त भइसकेका छन् भने ३४ जनाको मृत्यु भएको छ।

(Copied from Nepal Samaya)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope