खेल ठप्प भएपछि नाटक बनाउँदै खेलाडी र प्रशिक्षक


काठमाडौं– कोरोना महामारीका कारण देशभरी लकडाउन भएर खेल क्षेत्र ठप्प भएपछि खेलाडी बेरोजगार बनेका छन्। मैदान र खुला वातावरणमा रमाउने खलाडी घरमै समय व्यतित गर्नु परेपछि आजित भएर नाटक बनाउनतिर लागेका छन्।

नेपाल फुटबल एजेन्टको सहयोगमा खेलाडी र प्रशिक्षक मिलेर व्यंग्यसहितको नाटक बनाउने भएका हुन्।

कुलेश्वरको गणेश मन्दिरमा आज (आइतबार) बिहान नाटक सुटिङको उद्घाटन गरिएको छ। नाटकमा दाउफिन्स क्लबका प्रशिक्षक आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेश खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्स्याङ्दीका कमल श्रेष्ठ, संकटा क्लबका रवी सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्ट सगुन ठकुरी रहेका छन्।

नाटकमा उनीहरुलाई मान श्री थिएटरकी कलाकार अनुजाले सहयोग गर्ने भएकी छिन्। आज विहानबाट सुटिङ सुरु गरिएको नाटक करिब १५ दिनमा सबै काम सकेर युट्युबमा प्रसारण गर्ने आयोजक नेपाल फुटबल एजेन्टले जनाएको छ। यसमा थप एपिसोडहरु पनि ल्याउने आयोजकको लक्ष्य छ।

नाटकको नाम ‘अफ साइड’ राखिएको छ।

साभार: नेपाल समय


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope