नेकपाको नेता पुल्चोकमा


काठमाडौँ – पार्टीलाई विभाजनबाट जोगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो र तेस्रो तहका नेताहरुको बैठक अहिले बसिरहेको छ ।

कृषिमन्त्री समेत रहेका नेता घनश्याम भुषालको नेतृत्वमा पार्टीका तीनवटै गुटका दोस्रो र तेस्रो तहका नेताहरु पुल्चोकको एक होटेलमा भेला भएका छन् ।

उनीहरुले कुनै पनि हालतमा पार्टीलाई फुटबाट जोगाउन नेतृत्वलाई दबाब दिने रणनीति लिएका छन् ।

पार्टी विभाजन भए कम्युनिष्ट आन्दोलनसँगै आफूहरुको भविष्य समेत अन्धकार रहेको भन्दै उनीहरुले पार्टीलाई विभाजनबाट जोगाउन शीर्ष नेतृत्वलाई दबाब बढाएका छन् ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल नेपाल समूहको माग छ । तर आफूले दुवै पदबाट राजीनामा नदिने बरु पार्टी विभाजन गरेर अघि बढ्ने चेतावनी ओलीले दिएपछि नेकपा संकटमा छ ।

दुई अध्यक्ष बसेर विवाद मिलाउने सहमति ओली र दाहालबीच भएको बताइएपनि एकताबाट भाग्न नमिल्ने भन्दै दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय बनेका हुन् ।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode