होटलसंघद्वारा गभर्नरको ध्यानाकर्षण


पोखरा, २४ असार । कर्जा र साँवाको ब्याज भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट चर्को दवाव परेपछि पश्चिमाञ्चल होटल संघ पोखराले विषम परिस्थितिलाई ख्याल गर्दै आबश्यक समन्वय गरिदिन अनुरोधसहित बुधबार नेपाल राष्ट्र बैंकलाई एक ज्ञापनपत्र बुझाएको छ ।

यसका लागि संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संस्थाका पदाधिकारीसहितको एक समूह राष्ट्र बैंकको पोखरा शाखा पुगेको थियो । पोखरा कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल मार्फत् नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई संघले सो अवसरमा एक ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ– “हाल कुनै पनि व्यवसायीहरुले कर्जा भुक्तान गर्ने स्थिति नरहेको जानकार हुँदाहुदै पनि कर्जा भुक्तानको लागी बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानशिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने र त्यस असहज परिस्थितिको भागीदार बैंक तथा वित्तीय क्षेत्र हुने पनि जानकारी गराउँदछौं ।”  

सरकारद्वारा हाल होटल व्यवसायलाई बन्द नै घोषणा गरी सो अनुसार व्यवसाय पूर्ण रुपमा बन्दाबन्दी भएको अवस्थामा रहेको जनाउँदै संघले बैंकको कर्जाको साँवा तथा व्याज भुक्तान गर्न असमर्थ रहेको पनि उल्लेख गरेको छ । यसैगरी संघले व्यवसायीहरु विचको सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा कुनै पनि होटल तथा पर्यटन व्यवसायीहरुलाई कर्जाको साँवा तथा व्याज भुक्तानीको निम्ती ताकेता वा जोडवल नगर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई समन्वय गरिदिन समेत अनुरोध गरेको छ ।

संघका अध्यक्ष तुलाचनले एक खर्बको पुनर्कर्जा बाहेक व्यवसायीका लागि थप केही राहातको कार्यक्रम नयाँ बजेटमा नआएको, लकडाउनसँगै पर्यटन तथा होटल क्षेत्रको कारोबार शून्य रहेको, तर पनि असार सकिने क्रमसँगै वित्तीय संस्थाबाट ताकेता तीव्र पारिएको जस्ता गुनासो गरेका थिए । व्यवसायीहरु आर्थिक दायित्वबाट नभाग्ने तर कर्जा र साँवा चुक्ताको अवधि सरकारले थप्नुपर्ने सो अवसरमा तुलाचनले बताए ।
यसैगरी नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोखरेलले व्यवसायीका तर्फबाट राखिएका मागहरु जायज भएको भन्दै केन्द्रिय बैंकमा ती मागहरु आफूले तुरुन्त जाहेर गर्ने प्रतिबद्धता सुनाए । शाखाबाट गर्न सक्ने सबैप्रकारका समन्वय गर्न आफू तत्पर रहेको भन्दै पोखरेलले पुनर्कर्जा कोष अझ ठूलो बनाउन व्यवसायीले सरकारलाई सुझाव दिंदा राम्रो हुने भनाई राखे । होटल लगायत पर्यटन क्षेत्र कोभिड १९ का कारण प्रभावित भएको विषयमा कुनै दुई मत नरहेको भन्दै उनले नयाँ आउने मौद्रिक नीतिले पक्कै पनि व्यवसायीका समस्या संवोधन गर्नेमा आफू आसावादी भएको भनाई पोखरेलले राखे ।

संघका महासचिव गणेशराज पहारीले सो संस्था अन्तर्गत सयौं होटलहरु दर्ता रहेको र ती होटलको प्रतिनिधित्व गर्दै आफूहरु राष्ट्र बैंक आएको भनाई अवगत गराए । दर्ता बाहेकका पनि थुप्रै अन्य होटलहरु पोखरामा रहेको भन्दै पहारीले सबै होटलहरु अहिले मारमा परेको अवगत गराए ।

सो अवसरमा संघका सचिव राजेन्द्र ढकालले व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा हुँदा बैंक तथा वित्तीय संस्थाको ताकेता झनै बढेको भनाई राखे । यस्तो दवावले व्यवसायीहरु प्रताडित हुँदा कुनै अप्रिय घटना समेत हुन सक्ने तर्फ सचेत हुन उनले सम्बन्धित सबैसँग आग्रह गरे । उनले थपे– साथीहरु अहिले हतोत्साही भएका छन्, यस्तो बेला ताकेता बढाउनु कहाँसम्मको मानवीयता हो?

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी, द्वतीय उपाध्यक्ष दीपक श्रेष्ठ र कोषाध्यक्ष पार्वती पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope