भद्रकालीको सेनाको मैदान एन्फाले प्रयोग गर्ने


२६ असार काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको जगी अड्डामा रहेको फुटबल मैदान अब अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि प्रयोग गर्ने भएको छ ।

अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताका लागि दशरथ रंशगाला मात्र रहेको र विदेशी टिमका लागि अभ्यासस्थलको रुपमा सेनाको मैदान प्रयोग गर्ने गरी एन्फा र सेनाबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार एन्फाले सेनाको मैदानमा अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाउने छ । त्यसको पहिला कार्य स्वरुप एन्फाले ड्रेसिङ रुम र रेफ्री रुम अन्तर्राष्ट्रियस्तरको बनाएको छ । शुक्रबार एक कार्यक्रमबीच एन्फाले उक्त संरचना नेपाली सेनालाई हस्तानतरणसमेत गरेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अब सेनाको मैदान फुटबल खेलको लागि एन्फाले प्रयोग गर्ने जानकारी दिए । ‘त्यहाँ विदेशी टिमले ट्रेनिङ गर्न मिल्ने स्ट्यानडर्ड बनेको छ । पहिला त्यस्तो थिएन । हामीले त्यस मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने गरी काम गरिरहेका छौँ,’ शेर्पाले भने । शेर्पाले अझै ग्राउण्ड लेभलिङ गर्ने, प्लेअर बक्स, प्यारापिटहरुहरुको काम गर्न बाँकी रहेको बताए ।

ड्रिङ रुम र रेफ्री रुम बनाउनको लागि १४ लाख ५६ हजार खर्च भएको जनाएको छ । यस्तै प्यारापिट निर्माणको लागि भने एन्फाले राष्ट्रिय खेलकुद परिषदसँग सहयोगको लागि आग्रह गर्ने भएको छ ।

एन्फा अध्यक्ष शेर्पाले क्लबको खेल मैदान पनि चेन्जिङ रुम भएको ट्रेनिङ गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरको भएको बताए । ‘भोलि महिलाहरुको प्रतियोगिता त्यहाँ गर्दा पनि मापदण्ड पूरा भयो । आर्मीले पनि अन्तर्राष्ट्रियस्तरको महिला प्रतियोगिता गर्छ । त्यसको लागि पनि राम्रो भयो ।’

अब नेपाली सेनाको उक्त मैदान एन्फाले विश्वकप फुटबल छनोटका बेला ट्रेनिङको लागि प्रयोग गर्न पाउनेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । त्यसका लागि विदेशी टिम नेपाल आउँदा उनीहरुले सेनाको मैदानमा ट्रेनिङ गर्नेछन् ।

सेना आफैँले उक्त मैदानमा प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गर्दै आएको छ । फुटबल मैदानसँगै त्यहाँ ट्रयाकसमेत रहेको छ ।

छनोटको समूह बी मा रहेको नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । उक्त खेलहरु अक्टोबर-नोभेम्बरमा आयोजना गर्ने एएफसीले प्रस्ताव गरिसकेको छ । नेपालले यसअघि खेलेको पाँच खेलमा एक खेलमा जितेको थियो भने चार खेलमा पराजित भएको थियो ।

onlinekhabar.com


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope