बाबुराम भट्टराई हजुरबुवा भए,कमल थापाले रोचक जवाफ दिए

२८ असार २०७७, आईतवार ०३:३६

काठमाडौं। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई हजुरबुवा भएका छन् । उनकी छोरी मानुषी र ज्वाइँ जेकेन्द्रले उनलाई हजुरबुवा बनाएका हुन् । मानुषी–जेकेन्द्र दम्पतीले छोरा जन्माएका छन् । भट्टराईले ट्वीटरमा आफ्नो नाती काखमा लिएको फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् ।

भट्टराईले लेखेका छन् –‘बल्ल हजुरबा भैयो । असार २८ गते विहान १०.०५ बजे टिचिंग अस्पतालमा छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई पुत्रलाभ भएको छ । डा.गीता गुरूङ र टिमलाई सफल अपरेसनका लागि धन्यवाद । अहिलेसम्म हाम्रो परिवारमा २२ औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना । मानुषी–जेकेन्द्रलाई बधाइ ।

बाबुरामको ट्वीटमा पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले रोचक जवाफ दिएका छन् । बाबुरामको ट्वीटको जवाफ दिँदै थापाले लेखेका छन् –‘ लौ बधाई छ सम्पूर्ण परिवारलाई । यसमा भने सहपाठी मित्र भन्दा म धेरै अगाडि रहेछु @brb1954 । मेरो त ७ वटा नाती नातिनी भैसके ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.