हवाई उड्डयन उद्योगमा १० लाखको रोजगारी खतरामा


काठमाडौं । विश्वभरका उड्डयन उद्योगमा १० लाख मानिसको रोजगारी खतरामा रहेको
इन्टरनेटशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले बताएको छ । कोरोना भाइरस (कोभिड-१९) को कारण अहिले संकटमा रहेको उड्डयन उद्योगमा ८४ अर्ब डलरको नोक्सानी हुनसक्ने अनुमान छ ।

यसै साता अमेरिकाका तीन सबैभन्दा ठूला विमान कम्पनीको एक साझा संस्थाले आफ्ना कर्मचारीहरुलाई यात्रामा आएको उल्लेख्य कमीको कारण ३६ हजार रोजगारी कटौती हुन सक्ने चेतावनी दिएको थियो ।

लगानी कम्पनी कोभेनका प्रबन्ध निर्देशक तथा सिनियर रिसर्च एनालिस्ट हेलेन बेकरका अनुसार महामारीको कारण अमेरिकी विमान कम्पनीहरुका साढे सात लाख कर्मचारीहरुमध्ये दुई चलाख कर्मचारी कटौती हुन सक्ने बताएका छन् ।

अमेरिकी विमान कम्पनीको संस्थाले अहिले सरकारलाई २५ अर्ब डलरको राहत प्याकेज बढाउन दबाब दिइरहेको छ । सरकारले दिएको सहयोग लिन कम्पनीहरुले आगामी सेप्टेम्बरसम्म आफ्ना कर्मचारीहरुलाई काममा राख्नुपर्ने हुन्छ ।

विश्वभरका २९० एयरलाइन्स कम्पनीको प्रतिनिधित्व गर्ने संस्था आईएटीएका प्रवक्ताले विमान क्षेत्रमा अहिले रोजगारीमा भइरहेको कटौतीले यो क्षेत्र कति संकटमा छ भन्ने कुरा स्पष्ट पारेको बताएका छन् ।

अहिले कोरोना भाइरस नियन्त्रणको लागि विश्वभरका धेरै मुुलुकहरुले हवाई उद्योगमा रोक लगाउने निर्णय गरिरहेका छन् । तर, यो निर्णय गर्दा त्यसबाट पर्ने आर्थिक अवस्थाको बारेमा पनि सोच्नुपर्ने बताइएको छ ।

स्रोत : बीबीसी/ONLINEKHABAR


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope