भानु जयन्तीको अवसरमा पाेखरामा कविता बाचन तथा शान्ति पाठ


पाेखरा,२९, असार । भानु जयन्तीको अवसरमा मानवीय सेवा अभियान नेपाल र सिद्व पराेपकार वैदिक गुरुकुल अाश्रमकाे संयुक्त अायाेजनामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

१८ जना बटुकहरु सहभागी रहेको उक्त कार्यक्रममा दिपेस पाैडेलले सर्वाेकृष्ट स्थान अाेगटेर नगद सहित पुरस्कार प्राप्त गरे भने सहभागी सम्पूर्णलाई मायाकाे चिनाे प्रदान गरिएको थियो ।

कार्यक्रममा देशमा घटेका प्राकृतिक विपत्तिकाे तथा विश्वमा भाेग्नुपरेकाे महामारीकाे अत्यकाे कामना गर्दै शान्ति पाठ समेत गरिएको थियो ।

कार्यक्रममा बाेल्दै अाश्रमका संरक्षक तथा पराेपकार महासंघका केन्द्रीय अध्यक्ष युवा पं कमलनयन गाैतमले भानु जयन्तीको अवसरमा पराेपकारमा अाएर विद्यार्थीकाे प्रतिभा प्रष्फुटन गराउन सहयोग गर्ने सम्पूर्ण अभियन्तालाइ धन्यवाद ज्ञापन गर्नुभयो साथै पराेपकार जस्तो ठुलाे सेवा अरु नभएको बताउनुभयाे ।

अभियानका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सुष्मा पाैडेलले बटुमहरुलाइ सृजनात्मक बनाउन तथा विद्यालय बन्द भएका बेला विद्यार्थीलाई पढ्नका लागि उत्प्रेरित गर्न उक्त कार्यक्रम अायाेजना गरिएको बताउनुभयो ।

त्यस्तै युवा चिन्तक तथा सल्लाहकार माधव पहारीले हरेक मानिससंग कुनै न कुनै प्रतिभा हुने भएकाले यस्तो कार्यक्रमले लुकेका प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताउनुभयाे ।

कार्यक्रममा संयाेजक तथा उपाध्यक्ष मेघमान श्रेष्ठ,अाश्रमका प्राचार्य राजु बडालले , सदस्य पुर्णदिप सिग्देल,निरणायक सदस्य पं केशव घिमिर पराेपकार महासंघका जिल्ला उपाध्यक्ष उशा गाेशेली, सदस्य गिता लामिछाने , दिपा पाैडेल लगायतले बाेल्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन महासचिव सावित्रा शर्माले गर्नुभएको थियाे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope