ए भानु!

३० असार २०७७, मंगलवार ०७:५१

ए भानु,
म सानु छँदा घरको छानो चुइन्थियो
बाउ हातमा रामायण बोकेर
प्रतेक हरफ घोकेर, मुखाग्र गर्थे !
“बाउ, छानो चुइयो,” म चिच्याउथे !
“रामायण पढ्न आइज यता,” बाउ बोलाउथे
घरको छानु भन्दा प्यारो, छोड्नै अति गारो
सम्झिन्छु अहिले, बाउको रामायण के सारो प्यारो !

भिज्या ओछ्यानमा सुत्न्या भन्दा
थोत्रो कछाडमै कुद्न्या बेस !
जान्थे म पनि बाउकै कोठातिर
कस्थे पलाटी बेस्कन बाउनेर
बाउ पढ्थे स्लोक, आँफु निन्द्राले परलोक
एकछिनमा आँफूलाई प्यास र भोक,
बाउलाई न सुर्ता, न सोक
खाली रामायणका स्लोक !

मेरी आमा फेरी उस्तै, ठ्याकै बाउ जस्तै
आइपुगथिन छेउमै मज्जाले पटुका कस्तै
छोएर पाऊ बाउको, पढथिन हरफ रामायणको !

भानु,
भोकले मेरो गानु चल्थ्यो, बा-आमाको डेग चल्दैन्थ्यो
रामायणका पन्ना चल्थ्यो, बिछ्याइएको तन्ना चल्दैनथ्यो !

भानु,
तिम्रो रामायण के सारो प्यारो, समाए पछि छोड्नै गारो
मजेरीमा आमालाई प्यारो, कौसीमा बाउलाई प्यारो !
सुम्सुम्याउदा बाउका हातले,
रंगनै फेरेको थियो रामायणले
सिरानी मुनि राख्नाले सिरानी रंग भयो
बाउको छाला कालो उस्तै रंग भयो !

भानु,
छोडेनन् बोक्न रामायण कहिले मेरा बाउले
जति पटक च्यातिएपनि टाल्थे पोल्या आलुले
मुजा परोस जति नै पल्टाएर पढ्थे
हरेक हरफ पढे पछि, फेरी दोरियाएर पढ्थे !

भानु,
के रचेउ तिम्ले तेस्तो,
छानु चुइदा चिन्ता नगर्ने
बनाएउ मेरा बाउ कस्तो?
तिमि त छैनौ यो लोकमा
अहिले राष्ट्र छ सोकमा
या मान्छे ले मान्छे मार्छ झोंकमा
“यो.. यो.. ” र्याप हन्छन तिम्रा स्लोकमा!

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.