मानवीय सेवा अभियानको उत्कृष्ट काैशी खेती पुरस्कार लामिछानेलाई
पाेखरा, ३०, असार ।
मानवीय सेवा अभियानले काैशी तथा अर्गानिक खेति अभियान अन्तरगत उत्कृष्ट काैशी खेती पुरस्कार पाेखरा १७ कि गिता लामिछानेलाई प्रदान गरेकाे छ ।
कास्कीका तीन सय भन्दा वढी सहभागी भएको उक्त प्रतियोगितामा सामाजिक अभियन्ता गिता लामिछानेलाई छनाैट समितिले छनाैट गरि उत्कृष्ट पुरस्कार प्रदान गरिएको हाे
अभियानका अध्यक्ष तथा युवा उत्प्रेरक सुष्मा पाैडेलले काेराेनाकाे कहरका बेला काैशी खेति उत्पादनमा उत्प्रेरणा जगाउन उक्त अभियान सुरु गरिएको बताइन् ।
पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेकी पाैडेलले शहर बजारमा खेतीयोग्य जमिन मासिदै गएको र दिनानुदिन बिषादीयुक्त तरकारी खानुपर्ने बाध्यतालाई चिर्न काैशी खेती गर्न समेत अाह्वान गरिन् । साथै गिता लामिछानेले उत्कृष्ट काेशी खेति मात्र नभएर लकडाउनका समय उत्कृष्ट मानवीय कार्य गरेकाेमा प्रशंसा समेत गरिन् ।
कार्यक्रम संयाेजक पुर्णदिप सिग्देलले सहभागीता जनाउनुहुने र छनाैट समितिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कृषि उत्पादनमा जाेड दिन अनुरोध गरे ।
सल्लाहकार तथा अभियानकाे टाेलि लामिछाने निवासमा पुगि लामिछाने दम्पतीलाई सम्मान गरेकाे हाे ।
सम्मानपत्र तथा मायाकाे चिनाेद्वारा सम्मानित भएपछि गिता लामिछानेले अाफुमा अझै उर्जा थपिएको बताईन ।
उनले लकडाउनकाे समय भरी बाहिरवाट तरकारी किनेर खानु नपरेको अनुभव बाढिन् । साथै काेशी खेतिले विशादि तरकारी खानवाट जाेगाउने कार्य मात्र नगरेर मनमा एकप्रकारकाे खुसी र शारीरिक व्यायाम समेत हुने गरेको बताइन्।
कार्यक्रमकाे सञ्चालन महासचिव सावित्री शर्माले गरेमी थिइन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस