बालुवाटारमा ओली, दाहाल र नेपालबीच छलफल सुरु

१ श्रावण २०७७, बिहीबार ०३:५७

काठमाडौँ — पार्टीभित्रको विवाद सुल्झाउने र भोलिको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउन नेकपाका तीन शीर्ष नेता संवादमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल संवादमा छन् ।

छलफल प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा जारी छ । मंगलबार र बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार नेपालसहितको त्रिपक्षीय संवाद सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।kantipur daily

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.