प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितको हेरचाह : योग, ध्यान र जलनेतीसम्म


२ साउन, चितवन । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले कोरोना संक्रमितहरुलाई एक हप्तादेखि २५ दिनसम्म राखेर घर पठायो । यहाँ रहँदा संक्रमितहरुले कुनै असजिलो महसुस नगरेको र तनाव व्यहोर्नु नपरेको चिकित्सालयका सञ्चालक बताउँछन् ।

‘डेढ महिनाको अवधिमा हामीले झण्डै तीन सय जना संक्रमितहरुलाई राख्यौं, हामीलाई कुनैखालको असहजता भएन, सजिलोसँग राखेर, केही योगहरु सिकाएर पठाएका छौं’ अस्पतालका कार्यकारी निर्देशक डा. विनोद पौडेलले भने, ‘खर्च पनि निकै कम भयो । सुरक्षा सामाग्रीहरु खासै चाहिएको छैन ।’

अन्यत्र आइसोलेसनमा नराखेका वा राख्न नमानेका संक्रमितहरुलाई पनि चिकित्सालयले राख्ने गरेको पौडेलले सुनाए ।

यसअघि, चिकित्सालयलाई क्वारेन्टाइनका रुपमा चलाइएको थियो । पछि संक्रमित थपिन थालेपछि आइसोलेसनका रुपमा चलाउन थालिएको हो ।

सुरुमा व्यवस्थापनका लागि संघर्ष गरे पनि अहिले भने निकै सहज भएको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जनाए ।

यहाँ ४८ वटा कोठामा दुईदेखि तीनजनाका दरले संक्रमितलाई राखिएको सापकोटाले बताए । १६ वटा हलमा ८ देखि १० जनाको दरले संक्रमितलाई राखिएको छ । पुरुष र महिलालाई अलग-अलग राखिएको छ ।

copy;onlinekhabar.com


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope