लामे–दाद्रा लाम्छाने चेलिवेटी बोल्ने कला सिक्दै

५ श्रावण २०७७, सोमबार ०७:१६

पोखरा ५, साउन
पर्वत चारभञ्ज्याङ अन्तर्गत लामे–दाद्रा लाम्छाने चेलीवेटी परिवारले उद्घोषण कला÷बाल्ने कला तालिमको शुरु गरेको छ ।
कोभिड–१९ कोरा भाइरसको महामारी र लामो लकडाउनका कारण घरमै बस्नु पर्ने अवस्थाका आफ्ना दिदीबहिनीहरुलाई मानसिक तनावबाट मुक्त गराउनुका साथै व्यक्तित्व विकाशका लागि ५ दिने उद्घोषण कला÷बोल्ने कला तालिम शुरु गरेको हो ।
पोखरा–९, नयाँबजार सिद्धमार्ग स्थित चारभञ्ज्याङ तमु समाजमा शुरु भएको प्रशिक्षणको सफलताको लागि समाजका अध्यक्ष प्रदिप कुमार गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । चेलिबेटी परिवारकी अध्यक्ष गंगा गुरुङको अध्यक्षता र सचिव बिना गुरुङको संचालनमा भएको उद्घाटन समारोहमा प्रशिक्षक तमु धिं नेपालका कार्यावाहक अध्यक्ष, चारभञ्ज्याङ तमु समाज पोखराका संस्थापक एवं सल्लाहकार, कास्की आवाजका सम्पादक हुम बहादुर गुरुङले पनि बोल्नु भएको थियो ।
पाँच दिन सम्म संचालन हुने प्रशिक्षणमा लाम्छाने चेलिबेटीहरुले कोरोना संक्रमणको सतर्कता समेत अपनाइएको सचिव बिना गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.