समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलाल श्रेष्ठप्रति सम्मान : खनाल

७ श्रावण २०७७, बुधबार ०५:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताएका छन्।

बुधबार ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको बताए। उनले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदान कहिल्यै भुल्न नहुने बताए।

DCNEPAL

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.