पोखरा, साउन ९ ।कास्की जिल्ला स्तरीय जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवर्निमाणाधिन भवनको अबलोकन गरिएको छ । गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान,गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्याल ले संयुक्त रुपमा अबलोकन गर्नुभएको हो ।


पोखराको पृथ्वीचोकमा र्निमाण गर्न लागिएको भवन अहिले अन्तिम चरणमा पुगेको छ । दुई करोड लागतमा र्निमाण सम्पन्न हुन लागेको भवन र्निमाणका लागि नागरीक स्तरबाट थालनी गरिएको हो । तत्कालिन नगरबिकास समिति द्धारा जग्गा उपलब्ध भएपछि समाजसेवी तथा ब्यबशायि दिलिप श्रेष्ठको नेतृत्वमा र्निमाण समिती बनाएर काम सुरु गरिएको थियो । अहिले ट्राफिक प्रहरी कार्यालय बसेको भवन जिर्ण बन्दै गएको छ भने आबासको लागि पनि समस्या भएको छ ।
प्रहरीहरु पानि चुहिने भवनमा बसीरहेको अबस्थामा सुबिधासम्पन्न भवन र्निमाण गर्ने प्रयत्न रहेको र्निमाण समितिका संयोजक दिलिप श्रेष्ठले जानकारी दिनुभयो । भवन र्निमाणका लागि पोखरा महानगरपालिका लगायत बिभिन्न ब्याक्तिहरुले सहयोग गरेको र्निमाण समितिका सल्लाहकार शिब बस्ताकोटी सो अबसरमा जानकारी दिनुभयो । र्निमाण सम्पन्न हुन अझै केही रकम अभाव भएको र यसका लागि सहयोगको अपेक्षा रहेको सदस्य सचिव शिब थापाले जानकारी दिनुभयो ।
भवन र्निमाणस्थलको अबलोकन पछि आन्तरीक मामिला तथा कानुनमन्त्री हरी बहादुर चुमानले प्रदेशले सकेसम्मको आर्थिक सहयोग गर्ने बताउनु भयो । प्रदेश सरकार बनेपछि यस्ता कार्यहरुमा केही हदसम्म भएपनि सहयोग गर्ने काममा थप सहजता आएकोले भवन सम्पन्न गर्नका लागि आबस्यक स्रोतको खाजि गर्ने प्रतिबद्धता ब्यक्त गर्नूृभयो । आबस्यक पुर्बाधार बिना काममा पनि मनोबल नआउने भएकाले भवन र्निमाणमा खट्ने र सहयोग गर्ने प्रति उहाँले धन्यबाद दिनुभयो । प्रदेश प्रहरी प्रमुख डि.आइ.जि. घनश्याम अर्यालले प्रहरीको मनोबल उच्च राख्ने र आबस्यक पुर्बाधार र्निमाण गर्ने कुरामा आफु सदै सकारात्मक भएको र सोही अनुसार पहल जारी राख्ने बताउनु भयो ।

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.