सीईओको उमेरमा खुकुलो नीति:राष्ट्र बैंक

१३ श्रावण २०७७, मंगलवार ००:१४

१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन थप सहजीकरण गर्ने भएको छ ।

वित्तीय स्थिरताका लागि ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने वा प्राप्ति गर्ने प्रक्रियालाई विशेष प्राथमिकतामा राखेको केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिले आत्मसात् गरेको दिशालाई थप प्रष्ट पार्दै नयाँ निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंकले यही साउन २ गते चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका बैंक एकआपसमा गाभिएको खण्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को उमेर हदका सम्बन्धमा पनि खुकुलो नीति अख्तियार गरेको छ । साविकको व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेकाले ‘क’ वर्गका वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने व्यवस्था थियो । तर ठूला बैंक एकापसमा गाभिने अवस्थामा भने उमेर हदका सम्बन्धमा समेत कुनै छेकबार नलगाउने नीति केन्द्रीय बैंकले लिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.