कारण यो रहेछ ३ दर्जन जति काँग्रेस प्रवेश गर्नुको


राप्रपाका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छाेरा पूर्वमन्त्री सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। मंगलबार थापालगायतका नेतालाई सभापति शेरबहादुर देउवाले कांग्रेस प्रवेश गराउने भएका हुन्।

थापाले आफू निशर्त रुपमा कुनै पदको बार्गेनिङ नगरी कांग्रेस प्रवेश गर्न लागेको बताए पनि उनी नेका सभापतिसँग सहमहामन्त्री पाइने भएपछि नेका प्रवेश गर्न लागेकाे बताइन्छ ।

यद्यपि थापाले आफू लोकतन्त्रनमा खतरा उत्पन्न भएकाले त्यसको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने महसुस गरेर नेका पार्टीमा प्रवेश गर्न लागेको बताएका छन् । उनकाे भनाइ छ, कांग्रेसलाई बलियो बनाएर नै लोकतन्त्र बचाउन र कम्युनिष्ट विरुद्ध लड्न सकिन्छ।

पूर्व मन्त्री थापासहित राप्रपा प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत ३१ जना काँग्रेस प्रवेश गर्ने बताइएकाे छ ।

साभार: काठमाण्डौ खबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope