कैलालीको भजनीमा बाढीको वितण्डा, एउटा वडामा मात्रै १२ सय घर डुबानमा


धनगढी– मंगलबार रातिदेखिको अविरल वर्षाले कैलाली जिल्लाको भजनी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ।

भजनी नगरपालिकाको वडा नम्बर ८ मा मात्र १ हजार २ सय घर डुबानमा परेको वडा नम्बर ८ का वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिएका छन्।

अध्यक्ष चौधरीका अनुसार वडा नम्बर ८ को सखरवामा स्थानीय रामकुमार चौधरीको घर नजिक तटबन्ध भत्काएर पथरिया नदी गाउँ पसेपछि दैलेखी टोल, कुसुमघाट, कृष्णनगर, गोरचौडा, खैरा र सोनाहाफाँटा गाउँ डुबानमा परेका छन्।

गोरचौडामा बाढीमा फसेका एक युवालाई प्रहरीले उद्धार गरेको छ भने उनी चढेको मोटरसाइकल बाढीमा बगेको छ। से ३ प ४६७० नम्बरको मोटरसाइकलमा रहेका भजनी–३ कन्हैयापुरका अस्मित चौधरीलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। उनी गोरचौडामा आफन्तलाई भेट्न गएका थिए।

वडा नम्बर ३ मा काँडा नदीले ढुसीमा तटबन्ध भत्काएको छ। नदी गाउँ पसेपछि पकरिया डाँडा, ढुसी गाउँ, कन्हैयापुर डुबानमा परेका छन्। वडा नम्बर ५ लालबोझीमा मा ३ सय ५० घर डुवानमा परेपछि त्यहाँका १ हजार ८ सय मानिसहरुलाई उद्धार गरी हुलाकी राजमार्गमा ल्याइएको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।

वडा नम्बर ५ पुलियापुरमा नदी किनारमा रहेका १४ घरघुरी जोखिममा रहेको वडा अधयक्ष केशब बुढाले बताए। बुढाले जोखिममा परेका ती घरहरु खाली गराइएको बताए।

अझै वर्षात नरोकिएकाले विस्थापितको संख्या बढ्ने स्थानीयले बताएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरिएको बताए।

कैलालीका टीकापुर, जोशीपुर लगायतका क्षेत्र पनि डुबानमा परेका छन्।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope