सुशान्तकी गर्लफ्रेण्ड रियामाथि १० गम्भीर आरोप !


मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतका पिता केके सिंहले पटनाको राजीवनगर थानामा एक एफआइआर दर्ता गराएका छन् । सुशान्तका पिताले आफूलाई मुम्बइ पुलिसको अनुसन्धानमाथि भरोसा नभएको भन्दै पटनामा उजुरी दर्ता गरेको बताएका छन् । यो एफआइआरमा सुशान्तका पिताले छोराकी गर्लफ्रेण्ड रिया चक्रवर्तीमाथि १० गम्भीर आरोप लगाएका छन् । उनले एफआइआरमा लगाएका आरोपहरु यस्ता छन् –

१. सुशान्त फिल्ममा काम गर्न छोडेर केरल जान चाहन्थे । त्यहाँ गएर अर्गानिक खेती गर्न चाहन्थे । तर, रियाले लगातार सुशान्तलाई जान दिइनन् । रियाले सुशान्तलाई उनीसँग शिफ्ट हुन नसक्ने बताएकी थिइन् ।

२. सुशान्तका पिताका अनुसार जब सुशान्त यो कुरामा राजी भएनन् । सुशान्त राजी नभएपछि रियाले सुशान्तको सबै गरगहना, पैसा, क्रेडिट कार्ड, जरुरी कागजात, ल्यापटप र मेडिकल रिपोर्टहरु लिएर आफ्नो घर गइन् । त्यहाँ गएर उनले सुशान्तको नम्बर ब्लक गरिदिइन् ।

३. सुशान्तले आफ्नी बहिनीलाई फोन गरेर भनेका थिए कि रियाले सबै कागजातहरु लिएर गइन् अनि धम्की दिइरहेकी छिन् कि यी सबै कागजातहरु मिडियाअगाडि राखेर सुशान्त पागल हो भनिदिन्छु । त्यसपछि कसैले पनि सुशान्तसँग काम गर्ने छैन ।

४. २०१९ मा रियासँग भेट्नुपूर्व सुशान्त पूर्ण रुपमा सामान्य थिए । रियासँग भेटेको केही महिनामै यस्तो के बदलियो कि उनी मानसिक रोगी भए ? सुशान्त मानसिक रोगी हुनुको कारण के थियो ? यसको जाँच हुनुपर्छ ।

५. सुशान्त सिंह राजपुतलाई यदि मानसिक समस्याहरु भइरहेका थिए भने उनको परिवारलाई किन सूचित गरिएन ? जबकि यो कुराको जानकारी सबैभन्दा पहिले उनको परिवारलाई दिइनुपर्थ्यो ।

६. रियाले सुशान्तलाई आफ्नो घर लिएर गइन् र उपचारको क्रममा कैयौं पटक उनलाई ओभरडोज दिइयो । रियाले सबैलाई यो भनेकी थिइन् कि सुशान्तलाई डेंगु भएको छ ।

७. रियाले सुशान्तलाई कुनै पनि फिल्म साइन गर्न दिइरहेकी थिइनन् । कुनै पनि प्रस्ताव आएमा रियाले सुशान्तलाई यो शर्त राख्न दबाब दिन्थिन् कि उनी फिल्म त्यतिबेला मात्र गर्नेछन् जब रिया फिल्ममा मुख्य अभिनेत्री हुनेछिन् ।

८. सुशान्तका सबैभन्दा विश्वासिला र पुराना स्टाफ रियाले फेरिदिएकी थिइन् र आफ्ना परिचितहरुलाई राखेकी थिइन् ताकि सुशान्तका हरेक गतिविधि सूक्ष्म तरिकाले निगरानी गर्न सकियोस् ।

९. डिसेम्बर २०१९ मा रियाले जबरजस्ती सुशान्तको नम्बर फेरिदिइन् ताकि सुशान्तले आफ्नो परिवार र आफ्ना नजिकका व्यक्तिहरुसँग कुरा गर्न नसकुन् । रियाले सुशान्तलाई पटना गएर आफ्ना परिवारसँग भेट्न पनि प्रतिबन्ध लगाएकी थिइन् ।

१०. २०१९ मा सुशान्तको खातामा १७ करोड रुपैयाँ थियो तर त्यसपछि केही महिनामै उनको खाताबाट १५ करोड रुपैयाँ निकालियो । यी पैसा ती खातामा पठाइयो जुन खातासँग सुशान्तको कुनै लेनदेन थिएन । यो कुराको जाँच गरिनुपर्छ कि रिया र उनको परिवारको खातामा कति पैसा र कहाँबाट आएका छन् ।

साभार: डी सी नेपाल


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope