काठमाडौं-नेपालमा काेराेना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेकाे छ भने मृत्‍यु हुनेको संख्या ५६ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १५१ जना काेराेना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १४ हजार ३ सय ९९ पुगेकाे छ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १३, मोरङका १५, धनुषाका १, बाराका ४, सर्लाहीका १, पर्साका ४१, रौतहटका ३, बझाङका २५, कैलालीका १५, काठमाडौँका ३२, नुवाकोटका २, ललितपुरका ५, भक्तपुरका १, नवलपरासीका २, मकवानपुरका १ जना रहेका छन्।

यस्तै दार्चुलाका १६, कञ्चनपुरका १८, सप्तरीका १, कास्कीका ३, म्याग्दीका २, तनहुँका १, गुल्मीका २, रुपन्देहीका १, बाँकेका १, दैलेखका २, दाङका ३, बैतडीका १० तथा डोटीका ३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै प्रदेश १ मा २२२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ८३१ जना निको भएर घर फर्किइसकेका छन्। एकजनाको मृत्‍यु भएको छ।

यस्तै प्रदेशमा २ २०३४जानमा कोरोना संक्रमण फैलिएको छ भने ३ हजार १ सय १जान कोरोनामुक्त भएर घर फर्किएका छन्। यस्तै अहिलेसम्‍म १९ जनाले कोरोना भाइरसकै कारण ज्‍यान गुमाएका छन्।

यस्तै बागमती प्रेदशमा ५०२ जना कोरोना संक्रमित भएका छन भने ५ सय २६ जना निको भएर घर फर्किएका छन्। यस्तै १० जनाले कोरोना लागेर ज्‍यान गुमाएका छन्।

त्यसैगरी गण्डकी प्रदेशमा ३२४ संक्रमित, १२४४ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको कोरोनाकै कारण ज्‍यान गएको छ।

यस्तै प्रदेश नम्बर ५ मा ३८५ कोरोना संक्रमित, ३९७१ संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्‍यु भइसकेको छ।

यस्तै कर्णाली प्रदेशमा २९६जनामा कोरोना संक्रमित, १७१८ जना कोरोनालाई जितेर घर फर्किइसकेका छन् भने ५ जनाको मृत्‍यु भएको हो।

यसैगरी सुदूर पश्‍चिम प्रदेशमा कोरो संक्रमितको संख्या १५८३ जना पुगेको छ भने ३ हजार ८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। यस्तै ७ जनाले कोरोनाकै कारण ज्‍यान गुमाउनु परेको छ।

साभार: देश सञ्चार

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.