अस्ट्रेलियामा १२ जना नेपालीलाई कोरोना ‘पोजिटिभ’


सिड्नी-अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण भएको छ। मेलबर्नमा बसोबास गर्ने ती नेपालीहरूमध्ये कम्तिमा चारजना होटेल क्वारेन्टाइनमा बसेका छन् भने बाँकी आफ्नै घरमा ‘सेल्फ आइसोलेसनमा’ बसेका छन्।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेलले सो कुराको पुष्टि गर्दै कोरोना सङ्क्रमण हुनेमा नेपाली विद्यार्थीदेखि एनआरएनए पदाधिकारीसमेत रहेको जानकारी दिए।

उनले भिक्टोरिया राज्यमा कोरोना महामारीका कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै पीडित नेपालीको राहतका लागि एनआरएनए अस्ट्रेलिया भिक्टोरिया राज्यको संयोजकत्व तथा न्याभ, भिक्टोरियाको कन्सुलेट कार्यालय लगायतका विभिन्न सामुदायिक संघ, संस्थाको सहकार्यमा एक समिति गठन गरी राहत वितरण तथा सहयोग प्रदान गर्दै आएको बताए।

संयोजक कँडेलले भने, ‘हामीले कोरोना सङ्क्रमित नेपालीका लागि कमसेकम ३ हफ्ताका लागि पुग्ने गरी ग्रोसरी किनेर सहयोग गर्नुका साथै आवश्यक परेको खण्डमा पीडितलाई डाक्टरसँग सम्पर्क गरेर मानसिक एवम् अन्य तवरले सहयोग गर्दै आएका छौं। मानवीय पीडाको यो घटनामा हरतरहले सामना गर्नका खातिर हामी प्रवासमा बस्ने नेपाली एकजुट भएर सामना गर्नुको विकल्प छैन । यसका लागि हामीले सक्दो प्रयत्न गरिरहेका छौं।”

एनआरएनए अस्ट्रेलिया भिक्टोरिया राज्यको संयोजकत्वमा गठित राहत वितरण समितिमा उपसमितिहरूमार्फत् राज्यका विभिन्न स्थानमा पीडितहरूलाई राहतलगायतका सहयोग वितरण गर्ने कार्य भइरहेको छ।यसअघि मेलबर्नमा ४ जना नेपालीलाई कोरोना देखिएकोमा उनीहरु निको भइसकेका छन्।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope